Advertisement

अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर मर्मतकर्तालाई हनीट्रयापको ‘जाल’

उनी १० लाख दिन राजी भए

Advertisement

चितवन रत्ननगर नगरपालिका–८ घर भएर कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’ । अर्थात पुरुषलाई जालमा पारेर रकम असुल गर्न खोजेको आरोप ।

२८ वर्षीया आचार्यले ५० वर्षीय पुरुषलाई हनीट्रयापमा पारेको आरोपमा माघ २२ मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । अनुसन्धान कार्यालयको पत्रको आधारमा काठमाडौँ प्रहरीले उनीविरुद्ध आपराधिक लाभ लिन खोजेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

करिब ४ महिनाअघि अस्मिता कुलेश्वर स्थित एक इलेकट्रोनिक सामग्री मर्मत पसलमा जान्छिन् । त्यहाँ उनले राइसकुकर मर्मत गरिदिन भनिन् । राइसकुकर मर्मतकर्ताको फोन नम्बर लिइन्, कुरा गर्न थालिन् । अर्कोपटक उनी हटपट मर्मत गराउन गइन् । मर्मतकर्तासँग उनले ऋण सापट लिन थालिन् ।

सुरुमा चार–पाँच हजार ऋण लिएपछि उनले २ लाख रुपैयाँ मागिन् । पसल सञ्चालकले दुई लाख रुपैयाँ दिन आनाकानी गरेपछि उनलाई अस्मिताले ठमेलमा गएर सँगै खाजा खान आग्रह गर्छिन् । एकपटक उनीहरूले ठमेलमा गएर खाजा खाएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काले रातोपाटीलाई बताए ।

अस्मिता जाल बिछ्याउँदै थिइन् । एकदिन उनले प्रस्ताव गरिन्, ‘सिनामंगल तिर एउटा होटलमा गएर बसौँ ।’ दुवैजना होटलमा पुग्छन् । होटलमा गएपछि अस्मिताले ‘रकम नदिए बलात्कार मुद्दामा फसाउँछु’ भनेपछि पुरुष छाँगाबाट खसेजस्तै भए । अस्मिताले पुरुषसँग १० लाख माग्न थालिन् ।

४ दिनसम्म पैसा नदिएपछि राइसकुकर मर्मतकर्ताको छोराको फेसबुक म्यासेन्जरमा म्यासेजर गरेर उनले भनिन्, ‘तिम्रो बुवाले मलाई बलात्कार गरेको छ, प्रहरीकहाँ उजुरी लिएर जान्छु ।’

त्यसपछि मर्मतकर्ताको परिवारमा हल्ला फैलियो । उनी १० लाख दिन राजी भए । ३ लाखको चेक दिएर एक हप्तामा दिने सहमति गरे ।

घटनाबारे जानकारी पाएपछि अस्मितालाई ३ लाख चेक लिएको अवस्थामा चेकसहित पक्राउ गरिएको एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

आरोपीको बयान : अस्ट्रेलिया जाने खर्च जुटाउन योजना बनाएँ

अस्मिताले अस्ट्रेलिया जाने खर्च जुटाउन मर्मतकर्तालाई हनीट्रयापमा पार्ने योजना बनाएको प्रहरीलाई बताएकी छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेकी छन्, ‘श्रीमान् अस्ट्रेलियामा हुनुहुन्छ, म पनि जाने तयारीमा थिएँ पैसाको खाँचो थियो ।’

हनीट्रयापलाई उनले खर्च जोहो गर्ने माध्यम बनाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको अनुसन्धानमा संलग्न डीएसपी खड्काले बताए । अस्मिताले बिबिए सम्मको अध्ययन गरेकी छन् ।

काठमाडौँ महानगरपालिका–१३ कुलेश्वर बस्ने अस्मिताविरुद्ध प्रहरीले अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज