
काठमाडौं । आजबाट बडादशै सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरुको महान् पर्व बडादशैँ आजबाट सुरु भएको हो ।
आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबर ल्याई पुजा कोठा तथा दशैघरमा लिपपोत गरेर विधिपूर्वक जौ, गहुँ, धान मकैको जमरा राख्ने गरिन्छ ।
आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
त्यसैगरी, आज बिहान ९ बजेर १६ मिनेटको शुभसाइतमा वसन्तपुरको हनुमानढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ ।