
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको नमुना मतपत्रको सार्वजनिक गरिएको छ । आयोगले उपनिर्वाचन हुन लागेको पालिका र वडा गरी ४१ वटै ठाउँका लागि छुट्टै–छुट्टै नमुना मतपत्र डिजाइन सार्वजनिक गरिएको हो ।
उपनिर्वाचनमा भाग लिने उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र गरिएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूना सम्बन्धित सबैको जानकारीको लागि आयोगको वेबसाइटमा राखिएको आयोगले जनाएको छ ।
मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने भएकोले त्यसै अनुसार आवश्यक व्यवस्था गरी उपनिर्वाचनका लागि मतपत्र सार्वजनिक गरी मतदाताको व्यापक सहभागिता हुने गरी आवश्यक कार्य गर्न गराउन आयोगले आग्रह गरेको छ । उपनिर्वाचन मंसिर १६ गते सम्पन्न हुदैछ ।
नमुना मतपत्र
