Advertisement

इजरायल–हमास युद्ध १२औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना कम

Advertisement

काठमाडौं । गाजामा इजरायल र हमासबीच जारी युद्ध शनिबार (सेप्टेम्बर ७ तारिख) १२औँ महिनामा प्रवेश गरेको छ । जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि युद्धविरामको अझै सम्भावना क्षीण रहेको छ ।

गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको हमासले इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न माग गरिरहेको छ तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा–इजिप्ट सीमाको एक महत्त्वपूर्ण भूभागमा सेना राख्नुपर्नेमा जोड दिएका छन्।

हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो जसमध्ये अधिकांश सर्वसाधारण थिए । हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झण्डै ४१ हजार व्यक्ति व्यक्तिको मृत्यु भएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकुले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।

त्यसैगरी, नोभेम्बरमा एक हप्ताको युद्धविरामको क्रममा दर्जनौँ मानिस आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज