Advertisement

एमालेका उम्मेदवार उमाले सुरु गरिन् काठमाडौंबाट घरदैलो चुनावी अभियान

गौरीशंकरमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौंस्थित दोलखा गौरीशंकरका स्थानीय मतदातालाई भेट्दै उम्मेदवार उमा शेर्पा

Advertisement

काठमाडौ । नेकपा एमाले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले काठमाडौबाट घरदैलो कार्यक्रम सुरु गरेकी छिन् । उनले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार दिएपछि काठमाडौंमा अस्थायी बसोबास गर्ने गौरीशंकरका मतदाताहरुसँग भेटघाट गरी चुनावी अभियान सुरु गरेकी हुन् ।

नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि शेर्पालाई उपाध्यक्षका उम्मेदवार घोषणा गरेको थियो । काक्तिक १४ गते बुधबार बसेको गौरीशंकर पार्टी कमिटीका बैठकले उम्मेदवारका आकांक्षीहरु बीच सहमति गराई उमालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेका थिए ।

शेर्पाले भेटघाटका क्रममा दोलखा–काठमाडौ सम्पर्क मञ्चद्धारा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भई काठमाडौंमा अरहेका गौरीशंकरका स्थानीय मतदाताहरुसँग भेटघाट गरी औपचारिक चुनावी अभियान सुरु गरेका बताइन् । उनले नेपालीहरुको दोस्रो चाड तिहारसँगै काठमाडौंमा रहेका गौरीशंकरका स्थानीयहरुसँग भेटघाट र घरदैलो गरी तिहारपछि चुनावी क्षेत्र जाने बताईन् ।

आज उनले काठमाडौंमा रहेका गौरीशंकरका मतदाताहरुसँग घरदैलो गर्दै आफुलाई मतदान गरी विजयी गराउन आह्वान गरेकी हुन् । उनले जडिबुटी, पेप्सीकोला, मुलपानी, सुन्दरीजल, साँखु, गोकर्ण, थली, नयाँ बस्ती जोरपाटी लगायतको क्षेत्रमा बसोबास गर्ने गौरीशंकरका स्थानीय मतदाताहरुसंग एवं आफन्तजनसंग पहिलो पटक भेटगरी आफुलाई उपचुनावमा विजयी गराउन अनुरोध गरेकी छिन् ।

पालिकामा उपनिर्वाचनका लागि उम्मदवारी दिएकी शेर्पा गौरीशंकर–७ सिम्पाश्वर मार्बुका उद्यामी एवं समाजसेवि महिला हुन् । उनी लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई समाजसेवा र व्यवसायमा संलग्न रहेकी छिन् ।

त्यसैगरी, गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण २०८० साल असार ३१ गते उपचारका क्रममा निधान भएको थियो । उक्त रिक्त रहेको पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज