
काठमाडौं । दुर्गा प्रसाई भक्तपुर निवासबाट पक्राउ परेका छन् । प्रसाईंलाई केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले भक्तपुर निवासबाट पक्राउ गरेको हो ।
सीआईबीले साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने सीआईबी प्रमुख दीपक थापाले बताए । उनले सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको आरोपमा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएको बताए ।
उनीमाथि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंसँगै फेक भिडिओ बनाउन जुटेका सबैलाई कानुनी कारबाही गरिने सीआईबीले जनाएको छ ।