
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको थुनछेक बहस नसकिएपछि अझै न्यायिक हिरासतमा रहने भएका छन् । सोमबारदेखि सुरु गरिएको थुनछेक बहस नसकिएपछि बुधबार मात्रै हुने भएकोले लामिछाने अझै दुई दिन काठमाडौँ प्रहरी परिसरको हिरासतमै रहने भएका हुन् ।
मंगलबार सरकारी बिदा भएकाले लामिछानेको मुद्धामा बुधबार मात्रै थुनछेक बहस हुने भएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्धामा बयानका लागि आइतबार अदालतमा आफै उपस्थित भएका लामिछानेलाई बयान सकिएपनि थुनछेकको बहस हुन नसकेपछि न्यायिक हिरासतमा राखिएको थियो ।
लामिछाने बिरुद्ध जिल्ला अदालत काँस्कीबाट ६५ लाख धरौटीमा रिहा भएतापनि काठमाडौको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्धामा उजुरी दर्ता भएका थिए ।