Advertisement
Edit Content

कुलेखानीको जलशय भरियो, दुईवटा ढोका खोल्यो 

Advertisement

काठमाडौं । अविरल वर्षाको कारणले कुलेखानी जलशयमा जलसतह भरिएपछि दुईवटा ढोका खोलिएको छ । जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि शनिबार बिहान करिब ५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) खोलिएको हो ।

ओभर फ्लो भएपछि जलशयको ढोका खोलिएको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए । पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको थियो ।

कुलेखानी जलविद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको ‘ब्याक अप’ आयोजना हो । पानी परेसँगै विद्युत् उत्पादन समेत भइरहेको भट्टले बताएका छन् ।

बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरपर क्षेत्रका स्थाानीय बासिन्दाहरुलाई समयमै सुरक्षित र उच्च सतर्कताका साथ रहन केन्द्रले आग्रह गरेको छ ।

त्यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले शुक्रबार नै बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कुलेखानेस्थित इन्द्रसरोवर ताल भरिन लागेकाले आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन ला...
१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पन...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनु...
जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई दल खोजेर जनताबाट अनुमोदित हुनका लागि आग्रह गरेको बताएकी छिन् । आइतबार बालुवाटारमा भएक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज