Advertisement

गौरीशंकरका तीन उम्मेदवार एकै ठाउँमा, एकअर्कामा बधाई दिदै सहयोग गर्न आग्रह

Advertisement

काठमाडौं । आगामी मंसिरमा हुने उपनिर्वाचनका उम्मेदवारहरु प्रचारप्रसारका क्रममा एकै ठाउँमा भेटघाट भएका छन् । उपनिर्वाचनका लागि गौरीशंकर गाउँपालिकामा सिफारिस भएका मुख्य राजनीतिक दलका उम्मेदवारहरु नेकपा एमालेकी उमा लुङ्गेली मगर शेर्पा, नेपाली कांग्रेसकी पासदिकी शेर्पा तामाङ र एकीकृत माओवादी केन्द्रकी निमलेकी शेर्पा चुनावी अभियानका क्रममा एकै ठाउँ भेट भएका हुन् ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका चुनावी अभियानका क्रममा तीनै जना उम्मेदवारहरु एकै ठाउँमा भेट भएका हुन् । उनीहरुले चुनाव प्रचारप्रसार गर्न काठमाडौंमा रहेका गौरीशंकरका स्थानीय मतदातासँग भेटघाट तथा घरदैलो अभियान सुरुगरेका छन् ।

उनीहरु बीच भेटपछि एकआपसमा जितको शुभकामना र सहयोगको अपिल गर्दै हार्दिकता दर्शाएकी छिन् । एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले कांग्रेसकी उम्मेदवार पासदिकी र माओवादी केन्द्रकी उम्मेदवार निमलेकीलाई सहयोगका लागि आग्रह गरेकी छिन् । उमाले “यस उपचुनावमा मलाई सहयोग गर्नुहोस्, हामी एउटै गाउँ टोलका नागरिक हौँ, पालिका, वडा र आफ्नो टोलमा आवश्यक विकासका कामहरु सँगै मिलेर गर्नुपर्छ र तपाईहरुलाई परेको सहयोग म गर्छु’ भनेर भेटमा सहयोगको आग्रह गरिन् ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसकी उम्मेदवार गौरीशंकर–६, चंखु र एमाले र माओवादी केन्द्रकी दुइ जना उम्मेदवार गौरीशंकर–७, मार्बुका एउटै वडा र टोलका हुन् । उनीहरु बीच एकआपसमा सद्भाव , चिनजान र आफन्त नातेदार नै भएकाले सहयोगको याचना गरेकी हुन् ।

पालिकामा हुने उपनिर्वाचनको लागि नेकपा एस, राप्रपा र अन्य राजनीतिक दलहरुले समेत उम्मेदवार घोषण गरिसकेको छ । गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको २०८० असार ३१ गते हृदयघातका कारण निधन भएपछि सोहि पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज