
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको तयारीमा यतिबेला राजनीतिक दल र उम्मेदवारहरू जुटेका छन् । उम्मेदवारहरू अहिले घरदैलो लगायत चुनावी प्रचार अभियानमा छन् ।
दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको उम्मेदवार बन्नुभएकी उमा शेर्पा अहिले आफ्नो चुनावी प्रचार अभियानमा व्यस्त हुनुहुन्छ । उम्मेदवार शेर्पा मंसिर २ गते मनोनयन दर्ता गरी घरदैलो तथा चुनावी प्रचारप्रसार अभियानमा लागिरहनु भएको छ ।

जनताको हरेक सुख–दुःखमा साथ दिने प्रतिविद्धताका साथ उमा गौरीशंकरको सुरी हुदै झ्याँकुमा मतदाताको घरदैलोमा पुग्नु भएको छ । गौरीशंकरका मतदाताले आफूप्रति धेरै राम्रो कामको लागि आस गरेकाले त्यो आशालाई मर्न नदिने उहाँको प्रतिबद्धता छ ।
गाउँमा भएका विकासका अधुरा कामलाई पुरा गर्दै स्थानीयको आवश्यतामा आधारित भैई परिर्वतन गर्नै उहाँले बताउनुभयो । नागरिकका समस्या आफूले सकेसम्म समाधान गर्ने शेर्पाको प्रतिबद्धता छ । ‘म काठमाडौंमा बसेर होइन, पालिकामै बसेर काम गर्छु भनेर आएको छु’, उहाँले मतदातालाई भेटमा भन्नुभयो ।

गौरीशंकर गाउँपालिका आफ्नो घर र त्यहाँका जनता आफ्नो परिवार भएकाले आफ्नो परिवारलाई अप्ठेरो पार्ने काम कहिल्यै नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । चुनाव प्रचारप्रसार अभियानको क्रममा झ्याँकु पुग्नुभएका शेर्पाले स्थानीयको बास्तविकता बुझ्नु भई आगामी दिनमा आफुले सक्ने सबै समस्याको हल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उहाँले देश निर्माणको जिम्मा एमालेले लिएको बताउँदै पार्टीले लिएको त्यही अभिभारा पुरा गर्न गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेको बताउनुभयो । नागरिकको अभिमत एमाले र आफूले मर्न नदिने बताउँदै गौरीशंकरका मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।
विभिन्न जिल्लाका स्थानीय तहका ४४ स्थानमा हुने उपनिर्वाचनको प्रचारमा राजनीतिक दल र उम्मेदवारहरू लागेका छन् ।
फोटोफिचर

