Advertisement

गौरीशंकरमा दलहरुको सक्रियता उपचुनाव केन्द्रित

Advertisement

दोलखा । गौरीशंकर गाउपालिकामा हुुन लागेको उपनिर्वाचनमा आफ्नो उम्मेदवार विजयी गराउन प्रमुख राजनीतिक दलहरु सक्रिय भएका छन् । उपनिर्वाचनका लागि मनोनयन दर्ता मिति नजिकिदै गर्दा प्रमुख राजनीतिक दलहरुको प्रचारप्रसार एवं घरदैलो अभियानमा सक्रियता भएका हुन् ।

निर्वाचन आयोगको समयतालिका अनुसार आगामी मंसिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ । जसका लागि प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द्र लगायतले पार्टीबाट उम्मेदवार घोषणा गरी घरदैलो अभियान सुरु गरेका छन् ।

नेकपा एमाले दोलखाले उमा लुङ्गेली मगर शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेपछि घरदैलो गर्ने अभियानको संयोजन गर्न जिल्ला कमिटीका सचिव स्वयम बहादुर खड्काको नेतृत्वमा काक्तिक २१ गतेदेखिनै सुरु गरेका छन् । अभियानका टोलिमा जिल्ला नेताहरु जंग गुरुङ, फुरलाक्पा शेर्पा, देवराम बुढाथोकी, विन्दु गुरुङ पालिका कमिटीका अध्यक्ष मिङ्गुर शेर्पा लगायतका नेता तथा कार्यकर्ताहरु परिचालित भएका छन् ।

एमालेको कार्तिक २१ गते मार्वुबाट सुरु भएको पहिलो चरणको घरदैलो अभियान कार्तिक २९ गते टाँसिनाममा पुुगेर सकिने र दोस्रो चरणको अभियान मंसिर २ गते मनोनयन दर्तापछि सुुरु हुने अभियानका संयोजक एवं एमाले दोलखाका सचिव स्वयम बहादुर खड्काले बताए ।

एमालेले यसअघि मार्वु, चंखु र सुुरीमा सकिएको र शनिवार (कार्तिक २४ गते) झ्याँकुमा अभियान भएको अभियानका सदस्य जंग गुरुङ्गले बताए । अब २५ र २६ गते जुँगु, २७ गते खारे, २८ गते सिमिगाँउ र २९ गते टाँसिनाममा पहिलो चरणको अभियान समापन हुने गुरुङले बताए ।

उपनिर्वाचनको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसले पासदिकी शेर्पा तामाङलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा लगायतले समेत उम्मेदवार घोषणासंगै घरदैलो र भेटघाट अभियान तिब्र बनाएका छन् ।

नेपाली कांग्रेसले हृदयाघातका कारण निधन भएका उपाध्यक्ष श्यामसुन्दर तामाङको धर्मपत्नी पासदिकी शेर्पा तमाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले प्रचारप्रसार एवं घरदैलो अभियानको क्रममा सभापति बर्मा लामासंगै बागमति प्रदेशका अर्थमन्त्री कुुन्दनराज काफ्ले लगायत जिल्लाकाका नेताहरु सक्रिय रहेका छन् ।

नेकपा माओवादी केन्द्रले निमलेकी शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं बागमति प्रदेशका पूर्व बन मन्त्री विशाल खड्का, विश्वास कार्की लगायतका नेता तथा कार्यकर्ताहरु घरदैलो अभियानमा सक्रिय रहेका छन् ।

नेकपा एकिकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपचुनावका लागि राप्रपाले समेत उम्मेदवार घोषणासंगै घरदैलो र भेटघाट अभियान तिब्र बनाएका छन् ।

गौरीशंकर गाँउपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण २०८० असार ३१ गते उपचारका क्रममा निधन भएको थियो । सो रिक्त रहेको उपाध्यक्ष पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज