
दोलखा । गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि १६ जनाकै उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अपरान्ह सार्वजनिक अन्तिम नामावली अनुसार मनोनयनपत्र दर्ता गराएका सबैको उम्मेदवार कायम गरेको हो ।
मुख्यनिर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसो १ बजेसम्म इच्छुकका लागि उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । तर, निर्धारित समयसम्म कसैले उम्मेदवारी फिर्ता लिएनन् । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।
मुख्यनिर्वाचन अधिकृतका अनुसार स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २४ को उपदफा १ बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको हो । निर्वाचन अधिकृतको कार्यलयले मंसिर २ गते मनोनयन दर्ता गरेको उम्मेदवारहरु माथि दावी विरोधमा उजुरी दिन मंसिर ३ गते १० देखि १५ बजेसम्म समयअवधि दिएको थियो । तोकिएको समयअवधिमा कुनै उजुरी परेको थिएन ।
गौरीशंकर गाउपालिका उपाध्यक्ष लागि मंसिर २ गते भएको मनोनयन दर्तामा नेकपा एमाले, एकीकृत माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी र ९ जना स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारी दर्ता भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पालिकाको उपाध्यक्ष पदकालागि एमालेवाट उमा लुङ्गेली मगर शेर्पा, नेकपा माओवादी केन्द्रवाट निमलेकी शेर्पा, कांग्रेसवाट पासदिकी शेर्पा तामाङ, राश्वपावाट गोमा श्रेष्ठ, नेकपा एसवाट रविना खड्का, राप्रपावाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीवाट सपना कार्की खड्काको उम्मेदवारी परेको छ ।
उपनिर्वाचनका लागि ९ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता भएका थिए । स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराउनेमा अप्सरा विश्वकर्मा, अम्विका श्रेष्ठ, दिपक तामाङ, दिलबहादुर बस्नेत, द्धारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तमाङ र सर्किमा शेर्पा रहेका छन् । स्वतन्त्रबाट दर्ता भएका मध्ये चार जना पुरुष रहेका छन् ।
त्यसैगरी, निर्वाचन अधिकृतको कार्यलयले आजै चुनाव चिन्ह समेत प्रदान गरेको छ ।
उम्मेदवारको विवरण र चुनाव चिन्ह
