
दोलखा । गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार उमा शेर्पा विजयी भएकी छिन् । उमाले माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पालाई २०५ मतले पछि पार्दै विजयी भएकी हुन् ।
शेर्पा २ हजार ८ सय ५ मत प्रप्त गरेका थिइन् । उनकी निकटतम् प्रतिस्पर्धी रहेकी माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६ सय मत ल्याइन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी पासदिकी शेर्पाले १ हजार ७ सय २७ मत ल्याएकी छिन् । गौरीशंकरमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा श्रेष्ठले १०० मत, राप्रपाकी मनकुमारी श्रेष्ठले ११८, नेकपा एकीकृत समाजबादीकी रबिना खड्काले ९० मत पाएका छन् ।
गौरीशंकरमा उपाध्यक्ष पदका लागि मंसिर १६ गते भएको उपनिर्वाचनमा कुल मतदाता १५ हजार ७ सय १८ मध्येबाट ७ हजार ५ सय ८९ मत खसेको थियो । त्यसमध्ये ११० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि सो पदमा उपनिर्वाचन भएको थियो ।