Advertisement

जबरजस्ती करणीका आरोपी पूर्वमेयर ५ महिनादेखि अस्पतालमै

Advertisement

पूर्वमेयर ध्रुवकुमार शिवाकोटी

 

आफ्नै घरमा घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका थिए ।

जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएका विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी ५ महिनादेखि अस्पतालमै छन् ।

आफ्नै घरमा घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका थिए ।

‘पीडितले अदालतमा गरेको बयान, उनको स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रहरी कहाँ परेको जाहेरी दर्खास्त र विभिन्न व्यक्तिहरूको घटना विवरण कागज’ लगायतलाई आधार मान्दै जिल्ला अदालत, झापाले २२ पुस २०८१ मा उनी निर्दोष हुन् भन्न सकिने अवस्था नरहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर, अहिलेसम्म एक दिन पनि उनले न हिरासत न थुनामा बस्नु परेको छ । प्रहरीका अनुसार, उनी विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजको क्याबिनमा बसिरहेका छन् । भेटघाट गर्न जानेका लागि पनि सहज प्रबन्ध रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।

जिल्ला कारागार झापाका जेलर रेवन्त भट्टराई भने अदालतले समेत स्वास्थ्यलाई कारण देखाउँदै उपचारको प्रबन्ध गर्न आदेश दिएकाले उपचारका लागि पठाइएको बताए ।

पीडित किशोरीको परिवारले भने जबरजस्ती करणी जस्तो गम्भीर मुद्दामा पनि यत्तिका समयसम्म आरोपित अस्पतालमै बसिरहँदा आफूहरूलाई असुरक्षा भएको बताएको छ ।
‘कहिले एक्कासि प्रेसर बढ्ने, कहिले घट्ने भइरहेको थियो’, भट्टराईले अनलाइनखबरसँग भने, ‘बीचमा सुधार भएको भन्ने कुरा थियो, कारागारमा ल्याउने आन्तरिक तयारी पनि गरेका थियौं, तर पछिल्लो समय भित्र आन्द्रातिर पनि समस्या देखिएको भन्ने आएको थियो ।’

 

‘भविष्य राम्रो हुन्छ भनेपछि पूर्वमेयरको घरमा बसें, पटकपटक बलात्कृत भएपछि भागेँ’
पीडित किशोरीको परिवारले भने जबरजस्ती करणी जस्तो गम्भीर मुद्दामा पनि यत्तिका समयसम्म आरोपित अस्पतालमै बसिरहँदा आफूहरूलाई असुरक्षा भएको बताएको छ ।

‘अदालतमा बयान दिन जानुछ, लामो कानुनी प्रक्रिया अझै बाँकी छ, तर पीडक चाहिँ यत्तिकै रहँदा त्यसले झन् कति मानसिक यातना होला रु’, किशोरीका एक आफन्त प्रश्न गर्छन् ।

पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको थियो । सीमामा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था किन नेपालले शंकास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो ।

त्यसक्रममा उनले आफू विर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटीको घरमा बस्ने गरेको तर, पटकपटक करणी भएपछि भागेर हिँडेको बताएकी थिइन् ।

 

भीआईपी अभियुक्तलाई अस्पतालमा हिरासत वार्ड
कलेज ड्रेसमै रहेकी उनले शिवाकोटीबारे बताएपछि संस्थाले इलाका प्रहरी कार्यालय, धुलाबारी लगेको थियो । त्यहाँ महिला प्रहरीसँग पनि उनले त्यही अनुसारको बयान दिएपछि इलाका प्रहरी कार्यालय, अनारमनी पठाइएको थियो ।

बुबाआमा नभएका पीडितलाई घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए । घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई पक्राउ गरेको थियो ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज