Advertisement
Edit Content

ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति

Advertisement

काठमाडौँ महानगरपालिका–२७ ज्याठा स्थित छाया सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि निर्घात कुटपिट गर्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति दिन खोजिएको छ । माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरीलाई नेकपा (एमाले) निकट अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेका हुन् ।

आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल पक्राउ परेका छन् । फुलारा ठमेल स्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् । सिग्देल अनेरास्ववियु अमृत साइन्स क्याम्पस कमिटी सदस्य हुन् ।

अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपालबहादुर शाही, क्याम्पस कमिटी सदस्य नवीन ऐर र सौजन्य शाहीलाई प्रहरीले फरार सूचीमा राखेको छ । तर, अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले अनुसन्धानको दायरामा नै ल्याएको छैन ।

प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीलाई जोशी नेतृत्वको टिमले आक्रमण गरेको भए पनि उनलाई अनुसन्धानको दायरामा नल्याइएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी वृत्त दरबारमार्गमा एकजना अधिकृत भन्छन्, ‘सिपाहीमाथि आक्रमण गर्नेहरूलाई विभागले नै जोगाएको छ ।’

प्रहरीमाथि आक्रमण गर्नेमा जोशीको संलग्नता नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले दाबी गरेका छन् ।  ‘प्रहरीमाथि आक्रमण गर्दा उनले रोकेको सिसिटिभी फुटेजमा देखिएको छ, त्यसैले प्रतिवादी बनाउनुपर्ने अवस्था छैन ।’

पक्राउ परेकाहरूलाई पनि प्रहरीले कमजोर मुद्दा चलाएको छ । प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने गरी उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ । अभद्र व्यवहार मुद्दाका प्रतिवादीहरू सामान्य धरौटीमा छुट्ने प्रचलन छ ।

माघ २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको बिरुद्धमा बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्नेहरू विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलेको थियो । तर, सुरक्षा ड्युटीमा खटिएकाहरूलाई प्रधानमन्त्रीका नाम लिएर निर्घात कुट्दा सामान्य मुद्दामा घटना डिसमिस पार्न खोजिएको छ ।

अस्कल क्याम्पसमा यसअघि सभापतिमा चुनाव लडेका जोशी विवादित पृष्ठभूमिका व्यक्ति हुन् । उनीविरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा दुईवटा मुद्दा विचाराधीन रहेको भेटिएको छ ।

रमेश फुलारा र दिनेश सिग्देललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । आरोपीहरूले दुईजना प्रहरीले आफूहरूमाथि मुख छाडेपछि आक्रमण गरेको जिकिर गरेका छन् । तर, जवान र हवल्दारले चाहिँ सडकमा हल्ला गरेपछि सम्झाउँदा उल्टै आफूहरूमाथि आक्रमण गरेको बताएका छन् । हवल्दार घर्तीको टाउको र छातीमा चोट लागेको छ । जवान विष्टको आँखामा चोट लागेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन ला...
१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पन...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनु...
जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई दल खोजेर जनताबाट अनुमोदित हुनका लागि आग्रह गरेको बताएकी छिन् । आइतबार बालुवाटारमा भएक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज