Advertisement

दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज

Advertisement

दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै उनी कार्यवाहक राष्ट्रपति पदमा पुनर्बहाली भएका छन् ।

तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि हान कार्यबाहक राष्ट्रपति बनेका थिए । उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए ।

महाअभियोग खारेज गर्ने अदालतको निर्णय सर्वसम्मत भने थिएन । पाँच न्यायाधीशले महाभियोग खारेज गर्ने पक्षमा मतदान गरेका थिए भने एक न्यायाधीशले त्यसलाई सदर गर्ने पक्षमा मत दिएका थिए । बाँकी दुई न्यायाधीशले महाभियोग प्रस्ताव नै अस्वीकार गर्ने निर्णय गरेका थिए ।

डिसेम्बर २७ मा संसदमा निर्वाचनमार्फत् हानविरुद्ध महाभियोग लगाइएको थियो । त्यसपछि उनी निलम्बित भएका थिए ।

दक्षिण कोरियाको संविधान अनुसार संवैधानिक अदालतले सदर गरेपछि मात्र महाअभियोग प्रमाणित हुन्थ्यो र प्रधानमन्त्री हान पदमुक्त हुने थिए । तर संवैधानिक अदालतले महाअभियोग खारेज गरेकाले उनी पुनः पदमा फर्किने बाटो खुलेको छ ।

राष्ट्रपति योलले राष्ट्रिय सुरक्षामा असर पर्ने गतिविधि भएको भन्दै मार्शल ल ९सैनिक शासन० लागू गर्ने निर्णय गरेका थिए । तर, आफ्नै दलका केही नेता र मुख्य प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी अफ कोरियाका नेताहरुले विरोध जनाएपछि उनले ६ घण्टाभित्रै निर्णय बदलेका थिए ।

तर उनी पदमा रहन योग्य नभएको भन्दै प्रमुख प्रतिपक्षी दललगायतले महाअभियोग प्रस्ताव ल्याएका थिए । उनकै पार्टीका केही सांसदहरुले समेत मत दिएपछि महाअभियोग संसदबाट पास भएको थियो । त्यसपछि राष्ट्रपतिको अनुपस्थितिमा तत्कालीन प्रधानमन्त्री हान कार्यबाहक राष्ट्रपति बनेका थिए । तर, योललाई साथ दिएको भन्दै हानविरुद्ध पनि महाअभियोग लागेको थियो ।

 

तर संवैधानिक अदालतको सोमबारको फैसलामा न्यायाधीशहरू मुन ह्युंग–बे, ली मी–सोन, किम ह्युंग–डु, जुङ जुङ–मी र किम बोक–ह्योङले हानको महाभियोग खारेज गरिदिए । उनीहरूले हानविरुद्ध लगाइएका आरोपहरू महाभियोगका लागि पर्याप्त नभएको निष्कर्ष निकालेको कोरिया हेराल्ड डटकमले जनाएको छ ।

 

फैसला स्थानीय समय अनुसार बिहान १०ः२० बजे आएलगत्तै हान कार्यवाहक राष्ट्रपतिको रूपमा कार्यालय फर्किएका छन् । उनले गभर्नमेन्ट कम्प्लेक्स सउलमा सञ्चारकर्मीहरूका प्रश्नको उत्तर दिने, आपतकालीन सुरक्षा बैठक गर्ने र वित्तमन्त्री चोई सांग–मोकसँग भेटघाट गर्ने लगायतका काम गरेका छन् । उनले चोईले हानको अनुपस्थितिमा कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरेका छन् ।

८८ दिनपछि भएको हानको पुनर्बहाली भए पनि कोरियाको विवाद मत्थर हुने सम्भावना भने कम रहेको कोरिया हेराल्डले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज