काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।
निगमका अनुसार घटाइएको नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ ।