Advertisement

नेकपा एमालेका उम्मेदवार उमा शेर्पाले आज मनोनयनपत्र दर्ता गर्दै

Advertisement

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने उप निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पाले आज मनोनयनपत्र दर्ता गर्दै छिन । काठमाडौंमा गौरीशंकर पालिका सम्पर्क मञ्चले आयोजना गरेको बृहत भेलामा उम्मेदवार सिफारिसपत्र बुझ्दै आज उपनिर्वाचनको लागि मनोनयनपत्र दर्ता गर्न लागेकी हुन् ।

शनिवार गौरीशंकरका स्थायी मतदाताहरुसंग परिचय र भेटघाट कार्यक्रममा बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले उमा शेर्पालाई नेकपा एमालेको उपाध्यक्ष उम्मेदवार सिफारिसपत्र हस्तान्तरण गर्नुभएको थियो । अगुवा कार्यकर्ता भेलामालाई सम्वोधन गर्नुहुँदै इन्चार्ज डा. भट्टराईले शेर्पाको जित भैइसकेको र आफ्नो प्रतिबद्धताको खाका तयार गरी राख्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा उम्मेदवार शेर्पाले गौरीशंकरमा नेकपा एमालेको नेतृत्व विना संवृद्ध गौरीशंकर निर्माण गर्ने सपना पुरा नहुने भएकोले निर्धक भएर आफुलाई मतदान गर्न आग्रह गरिन् । उहाँले आफु विकृती र विसंगतीको विरुद्ध लड्दै आएकोले पालिकाको हरेक गतिविधीहरु पारर्दशीता गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेकपा एमाले दोलखाका पार्टी इन्चार्ज पार्वत गुरुङ, पोलिटव्युरो सदस्य आनन्द पोखरेल, इश्वर बहादुर रिजाल, एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ लगायत नेताहरुले सम्वोधन गर्नुभएको थियो । गौरीशंकर गाउपालिकाको तत्कालिन उपाध्याक्ष श्यामसुन्दर तामाङको २०८० असार ३१ गते हृदयघातको कारण निधन भएपछि सो रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

त्यसैगरी, निर्वाचन आयोगको कार्यतालिका अनुसार मंसिर १६ गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरुको लागि आज गौरीशंकर गाउपालिका कार्यपालिकामा मनोनयनपत्र दर्ता हुदैछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज