Advertisement

नेपालको कृषि र पर्यटनलाई बीआरआर्ई फ्रेमवर्क मार्फत अगाडि बढाउँदै

Advertisement

काठमाडौं । नेपालको कृषि र पर्यटनलाई बीआरआर्ई फ्रेमवर्क मार्फत अगाडि बढाउँन संम्बाद कार्यक्रम सम्पन्न भएको छ । फाउन्डेसन अफ ट्रान्सहिमालयन रिसर्च एन्ड स्टडिजको आयोजना र फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालको सहकार्यमा बीआरआई फ्रेमवर्क सम्बाद कार्यक्रम सम्पन्न भएको हो ।

मंगलबार काठमाडौमा सम्पन्न कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको पर्यटन र कृषि क्षेत्रमा चीनको निरन्तर समर्थनको प्रशंसा गर्दै दुई देशबीचको ऐतिहासिक मित्रता हरेको चर्चा गरेका थिए । उनले चीनसँग भैंसीको मासु निर्यातका लागि गरिएको सम्झौतालाई नेपाल–चीन बीच आर्थिक सम्बन्धको प्रगति हुने धारणा व्यक्त गरे ।

मन्त्री अधिकारीले नेपाललाई कृषि र पर्यटन क्षेत्रमा प्रविधि र लगानीको ठूलो आवश्यकता रहेको औंल्याउँदै बीआरआई फ्रेमवर्क अन्तर्गतका परियोजनाहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले चिनियाँ सरकारलाई समर्थनका लागि धन्यवाद दिँदै परियोजनाहरूले नेपालको दीगो विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चिनियाँ राजदूत छेन सोङले पनि सम्बोधन गर्दै बीआरआई अन्तर्गत कृषि र पर्यटन क्षेत्रमा चीनले नेपाललाई सहयोग गर्न तयार रहेको जानकारी दिए । उनले नेपाललाई चिस्यान गृह(कोल्ड स्टोरेज), ताजा मासु र तरकारी उत्पादनमा ध्यान दिन, चीनका आयात–निर्यात मापदण्डअनुसार गुणस्तर सुनिश्चित गर्न, र कृषि आधुनिकीकरणका लागि परम्परागत खेती प्रणालीलाई प्रविधिमा रूपान्तरण गर्न सुझाव दिए ।

उनले बीआरआई परियोजनाहरू नेपालका लागि आधुनिक कृषि प्रणाली स्थापना गर्न महत्वपूर्ण हुने बताउँदै यी परियोजनाहरूले चीनबाट आधुनिक पशुपालन र कृषि प्रविधि भित्र्याउने उल्लेख गरे । पर्यटन क्षेत्रमा, चीनले नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न र नेपाली पर्यटनलाई चीनमा प्रचारप्रसार गर्न पनि इच्छुक रहेको जानकारी गराए ।

कार्यक्रममा पर्यटन क्षेत्रमा डा. कल्याणराज शर्मा, कृषि क्षेत्रमा डा. यमुना घले र पशुपालनमा डा. श्रीराम न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष आनन्द प्रसाद पोखरेलले दुई देशबीचको सम्बन्ध, बीआरआई फ्रेमवर्क अन्तर्गतका अवसर र कृषि तथा पर्यटन क्षेत्रमा रहेको सम्भावनाको बारेमा चर्चा गरका थिए ।

त्यस्तै, कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्रको विकासप्रति चिन्ता व्यक्त गर्दै सरकारले बीआरआई परियोजनालाई समयमै अन्तिम रूप दिई कार्यन्वयनमा ल्याउन सुझाव दिए । कार्यक्रममा कृषि र पर्यटन क्षेत्रका विज्ञहरुको सहभागिता थियो ।

तस्विरः किशोर कुमार गुरुङ

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज