Advertisement

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

Advertisement

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अबेई क्षेत्रमा खटिएको राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको उनी फोर्स कमान्डर बनेका हुन्।

खुला प्रतिस्पर्धामा आधारमा राष्ट्रसंघले उनलाई छानेको हो। यसअघि घानाका मेजर जनरल रोबर्ट अफ्राम सो जिम्मेवारीमा थिए। राष्ट्रसंघले एक विज्ञप्ति प्रकाशन गरी उनलाई नियुक्त गरेको हो।

अबेई सुडान र दक्षिण सुडानबिचको विवादित भूमि हो। जसलाई राष्ट्रसंघले विशेष प्रशासनिक क्षेत्रको मान्यता दिएको छ। अबेईमा राष्ट्रसंघले स्थापनार्थ छुट्टै शान्ति खटाएको छ। जहाँको सम्पूर्ण सुरक्षा फौजको कमान्ड रथी श्रेष्ठले गर्नेछन्।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार नियुक्तिको बारेमा औपचारिक रूपमा पत्र आएपछि रथी श्रेष्ठ त्यहाँ खटिनेछन्। ‘नियुक्ति भएको विषयमा औपचारिक रूपमा पत्राचार भइसकेको छैन,’ उनी भन्छन्, ‘औपचारिक पत्रपछि उहाँ जिम्मेवारीमा खटिनुहुनेछ।’

नेपाली सेनाबाट राष्ट्रसंघीय शान्ति मिसनमा फोर्स कमान्डर बन्ने श्रेष्ठ आठौँ सैनिक अधिकारी हुन्। यसअघि कृष्णनारायण सिंह थापा, भिक्ट्री शमशेर जबरा, बालानन्द शर्मा, पवनजंग थापा, पूर्णचन्द्र थापा, ईश्वर हमाल र निर्मलकुमार थापाले फोर्स कमान्डरको जिम्मेवारी सम्हालेका थिए।

संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा धेरै सुरक्षा फौज खटाउनेमा नेपाल हाल पहिलो स्थानमा छ। रथी श्रेष्ठको सैन्य करियर ३६ वर्षभन्दा बढी भएको छ। उनले नेपाली सेनामा विविध जिम्मेवारी बहन गर्दै टोली कमाण्ड, अपरेसन योजना, तालिम व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय समन्वयजस्ता गम्भीर भूमिकामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

यूएन मिसनमा पनि उनको पहिल्यैदेखि उच्च प्रतिष्ठा रहेको छ। विभिन्न देशमा शान्ति मिसनका जिम्मेवारी सम्हालेका श्रेष्ठले कठिन परिस्थितिमा निर्णय क्षमताको उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई अन्तर्राष्ट्रिय स्तरमै ‘प्रोफेशनल कमाण्डर’ का रूपमा मानिन्छ।

अबेई क्षेत्र दक्षिण सुडान र सुडानबीचको सीमा(विवादग्रस्त भूभाग हो, जहाँ स्थायी राजनीतिक समाधान अभाव, जातीय तनाव, सशस्त्र समूहको गतिविधि र मानव सुरक्षासम्बन्धी चुनौतीहरू निरन्तर रहँदै आएका छन्।

यही संवेदनशीलता र जटिलताका कारण अबेईमा फोर्स कमाण्डरको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। रथी श्रेष्ठले अबेईमा स्थानीय समुदायबीचको विश्वास निर्माण, सुरक्षा परिस्थितिको स्थिरीकरण, तथा सैनिकहरूको संयोजन र समन्वय जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्नेछ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज