
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आइतबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ।सोमबार देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।