Advertisement

प्रकृति लम्साललाई न्याय दिनुपर्ने मागसहित भैरहवामा विरोध प्रदर्शन

Advertisement

भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्साललाई न्याय दिनुपर्ने मागसहित भैरहवामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ । शुक्रबार सिद्धार्थ संजाल, रुपन्देहीको आह्वानमा र्यालीसहित प्रदर्शन गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत २१ वर्षीया लम्साल गत आइतबार त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद भएको भैरहवाबासीको भनाइ छ ।

प्रकृतिको पार्थिव शरीर बुधबार राति गृहजिल्ला रुपन्देही ल्याएर राति नै अन्त्येष्टि गरिएको थियो । उनी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, बैंक कोलोनी निबासी हुन् ।

शान्तिपूर्ण विरोध र्यालीमा उद्योग व्यापार संगठन, सिद्धार्थ होटल संघ नेपाल, जेसीआई सिद्धार्थ नेपाल, जेसीआई सिद्धार्थ लेडी नेपाल लगायत दर्जन संघसंस्थाका साथै स्थानीय बासिन्दा सहभागी भएको सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले जानकारी दिए ।

भैरहवाको देवकोटा चोकमा जम्मा भएका स्थानीय बासिन्दा र उद्योगी व्यवसायीहरुले बैंकरोड, मिलनचोक हुँदै जिल्ला प्रशासनसम्म र्याली निकालेका थिए । उनीहरुले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्ने तर प्रकृतिलाई न्याय दिनुपर्ने माग गरे ।

प्रकृतिको न्याय माग्दै जिल्ला प्रशसन पुगेका उनीहरुले दुई देशको सम्बन्ध प्रघाढ पारौं, दोषीउपर कारबाही गर, केआईआईटी विश्वविद्यलयमाथि छानविन गर, पीडित परिवारलाई क्षतिपूर्ति देउ, नेपाली विद्यार्थीलाई शान्तिपूर्णरुपमा पढ्ने ब्यवस्था गर, मानव अधिकारको सम्मान गर लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै सरकारले प्रकृतिको न्यायका लागि विशेष पहल गर्नुपर्ने माग गरे ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले घटना घटेको जानकारी पाउँदावित्तिकै सरकारले पहल गरेको, आरोपी व्यक्ति पक्राउ परिसकेको जनाउँदै स्थानीयको चासो र चिन्ता सकारात्मक भएको जनाए । उनले न्यायका लागि सरकारले निरन्तर पहल गरेको र अब पनि गरिरहने जनाए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज