
पोखराको फेवा तालमा डुंगा चलाएर कायकिङ( एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका केही व्यक्तिहरू अलपत्र परेका छन् ।
केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका हुन् । उनीहरूको अहिले उद्दारको काम भइरहेको छ ।
अकस्मात् मौसम बिग्रिएपछि केही व्यक्ति तालको बीचमा अलपत्र परेको सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख एसपी सूर्य तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार कति व्यक्ति अलपत्र परेका छन् भन्ने थाहा भइसकेको छैन ।
‘अहिले हामी उद्दारको काममा छौं, कति व्यक्ति बीचमा फसेका छन् भन्ने थाहा भइसकेको छैन,’ एसपी तिमल्सिना