Advertisement

बजेटमा खर्च कटौतीको प्रस्तावको प्रवृतिमाथि प्रधानमन्त्री ओलीको प्रश्न

Advertisement

बजेटमा खर्च कटौतीको प्रस्तावको प्रवृतिमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यो परम्परागत अभ्यास रहेको बताए ।

‘एउटा ट्रेडिसनल कुरा जस्तो भयो के एक रुपैयाँ खर्च कटौती, बजेटबाट एक रुपैयाँ घटाइयोस्  ! ’ प्रधानमन्त्री ओलीले भने, ‘खर्च एक रुपैयाँ घटाउदा हुने भए १ त्यसको एउटा सिम्बोलिक अर्थ छ । तथापि, एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ ।’

अन्यथा, खचै कटौतीको प्रस्तावको ठूलो अर्थ नरहेको उनले बताए । ‘सर्वसम्मत ( बजेट पास ) हुन्छ एक रुपैयाँ घटाउँदा रु’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘सर्वसम्मत हुन्छ भने एक रुपैयाँ घटाइदिए पनि हुन्छ है ।’

कतिपय थिति र विधि समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको प्रधानमन्त्रीको आग्रह छ । ‘अब एउटा बिरालो बाधियो । जहाँ चलन हुन्छ त्यहाँ बाधियो । सिद्धियो’ उनले कटाक्ष गरे ।

सरकारले सकेसम्म सन्तुलित बजेट ल्याउने प्रयास गरेको उनले बताए । बजेटमा विवादका ठाउँ हुन सक्ने पनि उनले बताए । अपेक्षाहरू कहीँ पनि पूरा नहुने उल्लेख गर्दै उनले आफ्नो काम बजेट पास गरिदिन आग्रह गर्ने रहेको बताए । यसअनुसार आफ्नो आग्रह बजेट पास गरिदिने रहेको उनले दोहोर्‍याए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज