Advertisement

मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवा हरुबीच सहमति

Advertisement

जनकपुरधाम । तराई–मधेशमा सक्रिय रहेका साना दलहरुबीच महागठबन्धनको तयारी तीव्ररुपमा अगाडि बढिरहेको छ । आठदलीय मधेशी मोर्चामा अटाउन नसकेका दलहरुबीच मोर्चाबन्दीको गृहकार्य सुरु भएको हो ।

पूर्वगृह राज्यमन्त्री मो।रिजवान अन्सारीको नेतृत्वमा देश र मधेशमा वैकल्पिक शक्ति निर्माण हुन लागिएको हो । नेपालका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले देश र मधेशका लागि वैकल्पिक शक्ति निर्माण गर्न विभिन्न १० दलका साथै नागरिक अगुवाहरुको बैठक सम्पन्न भएको छ ।

मंगलबार धनुषाको ढल्केबरमा बसेको बैठकले नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो।रिजवान अन्सारीलाई महागठबन्धन निर्माणका लागि जिम्मा दिएको हो ।

नेपाल सद्भावना पार्टीको विशेष आयोजनामा विभिन्न पार्टीहरुसँग मोर्चाबन्दीको लागि साझा मुद्दाहरुमा छलफल गरिएको छ । नेपाल सद्भावना पार्टीको तर्फबाट राष्ट्रिय अध्यक्ष रामकुमार महतो, उपाध्यक्ष अमरेन्द्र कुमार झा तथा महासचिव पवन कुमार साहको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल संघीय समाजबादी पार्टीका अध्यक्ष अन्सारी, पूर्व प्रदेश गृह, सञ्चार तथा कानूनमन्त्री बिमला अन्सारी, नेपाली जनता दलको अध्यक्ष हरिचरण साह, इतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुर, बहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता राजाराम पासवान, जन अधिकार पार्टी नेपालको अध्यक्ष ईमदाद गद्दी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य संजय सिंह, नेपाली जनता दल, स्वाधिन मधेश अभियानी लगायतले मोर्चाबन्दीको लागि निकट भविष्यमा अर्को बृहत बैठक बस्ने निर्णय गरेका थिए ।

नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी बीच माघ २४ गते भएको सहमति अनुसार नेपालको उत्पीडित जनताको राजनीतिक र सामाजिक अधिकारलाई सुनिश्चित गर्नका लागि नेपाली जनताको बलिदानि पुर्न आन्दोलनहरुबाट प्राप्त उप्ल्ब्धी सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशीकरण लगायत उपलब्धिहरूलाई सरकारद्वारा संविधान संशोधनको नाममा कटौती गर्ने भइरहेको दुष्प्रयासलाई सामना गर्न र यस्तो कुनै पनि षड्यन्त्रलाई सफल हुन नदिन जनताको बलियो राजनीतिक शक्ति आवश्यक भएको हुनाले १० राजनीतिक दल र नागरिक समाज लगायतको बृहत बैठक अन्तरक्रिया सम्पन्न भएको छ।

बैठकले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरूको लागि संघर्ष गर्ने उद्देश्य प्राप्तिको लागि नागरिक समाज तथा राजनीतिक दलको संयुक्त महागठबन्धन निर्माण गर्ने निर्णय गरेको छ । यसको संयोजन गर्नका लागि नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीज्यूलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज