Advertisement

मनास्लु वर्ल्ड कलेजको स्वागत तथा अभिनन्दन कार्यक्रम भब्यरुपमा सम्पन्न,बिशिस्ट ब्यक्तिलाई सम्मान

Advertisement

_DSC6261-1739875333.jpgमनास्लु वर्ल्ड कलेजले ‘स्वागत तथा सम्मान कार्यक्रम – २०८१’ सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री माननीय प्रकाशमान सिंह सहभागी भएका थिए ।

साथै, राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख जयन्ती सत्याल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (नेसनल प्याब्सन) केन्द्रीय समिति सचिव विष्णु पराजुली, लायन्स इन्टरनेसनल ३२५ ई पत्रिका प्रमुख लायन अनन्त प्रसाद भेटुवाल, लायन्स इन्टरनेसनल ३२५ ई नेपाल जिल्ला गभर्नर लायन रामशरण बस्नेत लगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।

कार्यक्रममा शिक्षासेवी, कलाकार, सञ्चारकर्मी, समाजसेवी तथा खेलकुद क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। ‘मनास्लु सम्मान २०८१’अन्तर्गत महानायक राजेश हमाल (कलाकारिता), राजेन्द्र बानियाँ (सञ्चार), अनुराधा कोइराला (समाज सेवा), किरणकुमार चेम्जोङ (खेलकुद), प्रा.डा. बालचन्द्र लुइँटेल (शिक्षा) लाई सम्मान गरिएको थियो ।

त्यस्तै, उत्कृष्ट शिक्षक तथा कर्मचारीहरू सम्मानित भएका थिए भने, विभिन्न विधामा प्रतियोगिता जित्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । ‘मिस्टर एन्ड मिस मनास्लु’ प्रतियोगितामा अश्विन गुरुङ (विजेता), रोसिन ढकाल (मिस मनास्लु विजेता) घोषित भए । ‘मनास्लु नृत्य तारा’ उपाधि वविता मगरले जितिन् भने, ‘मनास्लु गायक’को विजेता सन्देश लो भएका थिए ।

कार्यक्रमलाई भव्य बनाउन चर्चित गायक तथा सङ्गीत समूहहरूले प्रस्तुति दिएका थिए । ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ विजेता तेरिया मगरको प्रस्तुति कार्यक्रममा मुख्य आकर्षण बनेको थियो । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल २०६२ तथा सञ्चारकर्मी सुगारिका केसीले गरेकी थिइन् ।

मनास्लु वर्ल्ड कलेजले विद्यार्थीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरेको यो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको कलेजले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज