Advertisement
Edit Content

महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छः सभापति देउवा

Advertisement

 

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताउनुभएको छ । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपाली महिलाहरूको आह्वानः समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाहरूको उत्थान र अधिकार मात्रै हैन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गर्नुभयो । 

“हरेक पालिकामा मात्रै हैन राज्यको हरेक निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने व्यवस्था गरिएको छ । यहाँ महिलाहरूले देशकै नेतृत्व गरेको अवस्था छ, अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन,” सभापति देउवाले भन्नुभयो,“अब थप अधिकार, समानता र सशक्तीकरणका पक्षमा सबै  मिलेर नेतृत्वदायी भूमिकामा अग्रसर हुुने विश्वास लिएको छु ।”
पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बनाइएका कानुन  कार्यान्वयन गर्दै राज्य र पार्टीका हरेक तहमा महिलाको निर्णायक सहभागिता सुनिश्चित गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले क्षेत्रगत रूपमा विभाजन नभई समग्रतामा केन्द्रित भएर निर्णायक तहमा पुग्न ध्यान दिनुपर्ने बताउनुभयो । पार्टी सभापति देउवा प्रधानमन्त्री हुँदा महिला, दलित र सीमान्तकृत समुदायको हक अधिकार स्थापित गर्नका लागि उल्लेख्य काम भएको उहाँको भनाइ थियो ।
कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको टोल र वडा तह तथा सामाजिक क्षेत्रका हरेक ठाउँमा महिलाको सहभागितालाई जोड दिनुपर्ने बताउनुभयो । महिलालाई आयमूलक काममा सहभागी गराउँदै शिक्षा र स्वास्थ्यमा सशक्त भूमिकामा स्थापित गर्नुपर्ने धारणा राख्दै उहाँले पार्टीले त्यसका लागि थप भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अधिकार, समानता र सशक्तीकरणमा नेपालमा धेरै काम भए पनि अझै पर्याप्त नभएको बताउनुभयो । “महिलाका कतिपय अधिकार स्थापित भए पनि अझै तिनको उपयोग गर्न सकिएको छैन, हामीले आफूलाई सक्षम बनाउन सकेका छौँ कि छैनौँ भनेर पनि ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो,“म महिला हैन नेता भएकाले यो स्थानमा पुगेको छु, हरेक महिलाले आफूलाई पुरुषभन्दा कम नसोच्न मेरो आग्रह छ । समाज,  समुदाय र देशमा अधिकार कसैले दिएर हुने कुरा हैन, आफूले पनि सशक्त भएर आउनुपर्छ ।”
कांग्रेसको सूचना तथा सञ्चार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरराष्ट्रिय महिला दिवस मनाइरहँदा प्राप्त उपलब्धिको मूल्याङ्कन गर्दै थप अधिकारका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । “नेपाली कांग्रेस स्थापना हुनुभन्दा अगाडि नै महिला सङ्घको स्थापना भएको थियोे, अब महिलाहरूको हितमा प्राप्त भएको उपलब्धिका आधारमा सकारात्मक काम गर्दै परिवर्तनका लागि क्रियाशील हुनुपर्ने छ ।  भविष्यको कुरा देखाएर भावनामा बहकिएर महिला अधिकार, समानता र सशक्तीकरणमा काम हुन सक्दैन । यसर्थ यथार्थताको धरातलमा आधारित रहेर काम गर्नुपर्ने आवश्यकता छ”, उहाँको भनाइ थियो ।
कांग्रेस महिला विभाग प्रमुख एवं पार्टी केन्द्रीय सदस्य पुष्पा भुसालले महिला अधिकार र समानताका कुरा उठाउने मात्रै नभई कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसले मजदुर र श्रमिकहरूको पक्षमा वकालत गर्दै नीतिगत तहमा आवश्यक व्यवस्थापनका लागि काम गर्नुपर्नेमा धारणा राख्नुभयो । “पितृसत्तात्मक सोचका कारण महिलाहरू हिंसामा परेको अवस्था छ । देशका ४२ वटा कानुन अझै पनि महिलामैत्री छैनन् । पचास प्रतिशतभन्दा बढी श्रम शक्ति महिलाहरूमा नै छ, त्यसैले अधिकार र समानताको मुद्दा महिलाहरुको मात्रै नभई पुरुषहरूको पनि हो । यसमा सबै एकताबद्ध भएर लाग्नुपर्छ”, भुसालले भन्नुभयो ।
प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीले महिलाका पक्षमा गरेका काम उजागर गर्दै महिलामैत्री नीति निर्माण र समृद्धि हासिल गर्न क्रियाशील हुनुपर्ने धारणा राख्नुुभयो । उहाँले सबैले कर्तव्य पालना गर्दै समानताको अधिकार खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोल, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष राधिका कुँइकेल, महिला सङ्घ ललितपुरकी सभापति एव ललितपुर महानगर पूर्वउपप्रमुख गीता सत्याललगायतले मन्तव्य राख्नुभएको थियोे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन ला...
१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पन...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनु...
जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई दल खोजेर जनताबाट अनुमोदित हुनका लागि आग्रह गरेको बताएकी छिन् । आइतबार बालुवाटारमा भएक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज