Advertisement

माथिल्लो तामाकोशी पुन: र्निर्माण गर्न दुई अर्ब ५० करोड लाग्ने

Advertisement

दोलखा । बाढी पहिरोबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको संरचना पुनः निर्माणका लागि करिब दुई अर्ब भन्दा बढि खर्च लाग्ने भएको छ ।

केन्द्रको क्षतिग्रस्त संरचनाको पुनः निर्माण गरि विद्युत उत्पादनलाई पुर्ण रुपमा सञ्चालनमा ल्याउन २ अर्ब ५० करोड खर्च लाग्ने केन्द्रले जनाएको छ । बाढीले दुई अर्ब बढिको क्षति भएको अनुमान छ ।

बाढी पहिरोले माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँधतर्फको अधिकांश संचरनामा क्षति पुुगेको र सिभिल तथा हाईड्रोईलेक्ट्रिक मेसिनरी तथा उपकरणमा क्षति हुँदा करोडौँको घाटा भएको छ ।

बाढीका कारण ६ वटा युनिटको विद्युत उत्पादन बन्द हुँदा गत महिना मात्रै ८५ करोड बराबरको घाटा भएको अनुमान छ । आयोजनाबाट २१ करोड ४३ लाख युनिट विद्युत उत्पादन हुन नसक्दा गत महिना मात्रै ८५ करोड घाटा भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोसाले जानकारी दिनुभयो । आगामी मंसिरदेखि प्लानिङ साईटबाट केही विद्युत उत्पादन गर्ने गरि काम भईरहेको उहाँको भनाई छ ।

प्राधिकरणका अनुसार क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको पुनः निर्माणको विस्तृत डिजाईनको काम एनईए ईन्जिनियरिङ कम्पनीले गरिरहेको छ । पुनः निर्माणमका लागि ९ महिना लाग्ने अनुमान गरिरएको छ ।

हाल बाढी पहिरोले थुपारेको गिट्टी र गेगरान हटाउने काम अघि बढेको र आंशिक विद्युत उत्पादन गर्न पहल गरिरहेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी, प्लानिङ साईटमा रहेको ढुंगा र थुपारेको स्प्रे हटाउने काम हाई हिमालयन ईन्जिनियरिङ कम्पनीले गरिरहेको छ । जलविद्युत केन्द्रको बाँधस्थलमा गत असोज १२ गते आएको बाढी पहिरोमा परी नेपाली सेनाका दुई जना र कर्मचारी दुई जना गरी चार जनाले ज्यान गुमाएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज