
ओखलढुङ्गा लिखु गाउँपालिकामा जनप्रतिनिधि र जनता बिचमा सिक्ने बुझ्ने र बुझाउने अभियान सुरु भएको छ ।
शुक्रवार देखि हरेक वडामा गएर जनताको बिचमा सिक्ने बुझ्ने बुझाउने अभियान सुरु भएको हो । वडा स्तरमा कार्यक्रम हुँदा पनि नागरिकको न्यून उपस्थिति रहेको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै जानकारी गराउनु भएको हो ।

अभियानमा नागरिकको कम उपस्थिति भएकाले प्रभावकारी नहोला कि भन्ने उपाध्यक्षले चिन्ता व्यक्त गर्नु भएको छ । समय मिलाएर १ घण्टा भएपनी आफ्ना जनप्रतिनिधिलाई मार्ग दर्शन दिन वडाको सूचना अनुसार उपस्थित हुन लिखु बासिलाई उपाध्यक्ष थापाले अनुरोध गर्नु भएको छ ।
जनता बिचमा सिक्ने ,बुझ्ने ,बुझाउने अभियानमा नागरिकका कुरा सुन्ने, जनप्रतिनिधिका कुरा सुनाउने ,आवश्यक छलफल र निकास र विकास खोज्ने विषयमा जनप्रतिनिधि र नागरिक बिच अन्तर्क्रिया हुने छ ।