
पूर्वाधार तथा पर्यटन विकास र महादेव मन्दिरको महिमा देशभर पुर्याउने उद्देश्यका साथ महादेव मन्दिर संरक्षण तथा गुठी व्यवस्थापन समितिको आयोजनामा फागुन १० देखि १४ गते सम्म प्रथम नर्मदेश्वर महोत्सव २०८१ हुने भएको छ ।
ओखलढुङ्गा लिखु गाउँपालिका वडा न. ३ नर्मदेश्वर सत्लुङ्गस्थित नर्मदेश्वर महादेव मन्दिर परिसरमा ५ दिनसम्म सञ्चालन हुनेछ ।
प्रथम नर्मदेश्वर महादेव मन्दिर महोत्सव २०८१ को अवसरमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ खुल्ला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
महोत्सवको तयारीबारे सामाजिक सञ्जालमा जानकारी गराउँदै लिखु गाउँपालिका भित्र रहेका ऐतिहासिक ,पर्यटकीय र धार्मिक स्थलका तस्बिरहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवले लिखु गाउँपालिकालाई पर्यटनको अब्बल स्थानीय तहको रूपमा उभ्याउन र आर्थिक विकासमा फड्को मार्ने खुड्किलो बन्न सक्ने अपेक्षा महोत्सवका आयोजक महादेव मन्दिर संरक्षण तथा गुठी व्यवस्थापन समितिले गरेको छ ।