Advertisement
Edit Content

वर्ल्ड सेपाक ताक्रो च्याम्पियनसिपका स्वर्णपदक विजेता खेलाडीलाई सम्मान

Advertisement

काठमाडौं । नेपाल सेपाक ताक्रो संघले ३७औ विश्व च्याम्पियनसीप किङ्स कपको स्वर्ण पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । नेपाल सेपाक ताक्रो संघले कार्यक्रम आयोजना गरी थाइल्याण्डमा सम्पन्न सेपाक ताक्रो च्याम्पियनसीप किङ्स कपको स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।

थाइल्याण्डमा भदौ १६ देखि २४ गतेसम्म वर्ल्ड सेपाक ताक्रो च्याम्पियनसिप आयोजना भएको थियो । नेपालले सेपाक ताक्रो च्याम्पियनसिप कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको थियो ।

नेपालले यो इभेन्टमा सहभागी पाकिस्तान, बंगलादेश, चाइनिज ताइपेइ र श्रीलंकालाई पराजित गरेको थियो । होप ईभेन्टमा इरानले स्वर्ण, अमेरिकाले रजत तथा २ सय ३० स्कोर गरि नेपालले कास्य पदक जित्न सफल भएको नेपाल सेपाक ताक्रो संघका अध्यक्ष नेत्र प्रसाद गुरुङले जानकारी दिनुभयो ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा आयोजित सम्मान कार्यक्रममा विजेता खेलाडीहरुलाई अध्यक्ष गुरुङले व्यक्तिगत रुपमा प्रोत्साहण स्वरुप प्रतिब्यति रु पाँच हजार सहयोग गर्नुभयो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले खादा तथा अविर लगाई सम्मान गर्नुभयो ।

खेलको टोलीमा रोशन तामाङको‌ कप्तानीमा रहेको चन्द्रा चौधरी, सुमित्रा डंगोल, दिपेशजंग थापा, पदमबहादुर ठाडामगर, अलिन जर्गा मगर, सुजन थिङ र उमेशबहादुर‌ महतो छन् । उक्त खेलको टिम म्यानेजरमा जीतेन्द्र थापा रहेको थियो ।

त्यसैगरी, सो खेलमा अन्र्तराष्ट्रिय रेफ्री सोममाया मंगर पनि सहभागि भएका थिइन ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन ला...
१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पन...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनु...
जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई दल खोजेर जनताबाट अनुमोदित हुनका लागि आग्रह गरेको बताएकी छिन् । आइतबार बालुवाटारमा भएक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज