Advertisement

संसद्‌मा रास्वपाले लगाएको नाराप्रति कांग्रेसको नियमापत्ति

भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन भएको भन्दै रास्वपाले मानव तस्करीको संज्ञा दिएको छ । यसलाई संकेत गर्दै रास्वपाका सांसदले संसद्मा ‘मानव तस्करीलाई कारबाही गर’ भन्ने नारा लगाइरहेका छन्

Advertisement

 

प्रतिनिधिसभाको सोमबारको बैठकमा नारावाजी गर्दै रास्वपा सांसदहरू ।

 

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले लगाएको नाराप्रति नै नियमापत्ति भएको छ ।

 

भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भएको भनेर यसलाई रास्वपाले मानव तस्करीको संज्ञा दिएको छ । यसलाई संकेत गर्दै रास्वपाका सांसदहरूले संसद्मा ‘मानव तस्करीलाई कारबाही गर’को नारा लगाइरहेका छन् ।

 

तर, यस्तो कसलाई भन्न खोजिएको हो त्यो प्रष्ट पारिनुपर्ने भन्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरेका हुन् ।

अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिइरहेका बेला कांग्रेसकी सचेतक थिङले नियमापत्तिका लागि सभामुखसँग समय मागेकी थिइन् ।

 

सभामुखले समय दिएपछि उनले भनिन्, ‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ।

कांग्रेसकी सचेतक थिङले नियमापत्ति नै गरेर ध्यानाकर्षण गरेपछि सभामुख देवराज घिमिरेले पनि ध्यानाकर्षण भएको बताए ।

‘माननीय सदस्यले ध्यानाकर्षण गराउनुभएको कुरामा ध्यानाकर्षण भएको छ । संसदभित्र गरिने गतिविधिहरू मर्यादित, जिम्मेवारपूण उत्तरदायीपूर्ण हुनुपर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।

विरोध र समर्थन गर्ने परिपार्टी रहेको उल्लेख गर्दैउनले अब पनि यसमा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज