Advertisement

सरकारले महानगरको स्वामित्व खोस्दै धरहरामा तोक्यो शुल्क

Advertisement

काठमाडौं । सरकारले ९ गते आइतबारदेखि सञ्चालनमा आउने धरहरा चढ्न शुल्क तोकेको छ। सरकारले मंसिर ९ गतेदेखि धरहरा चढ्नका लागि सर्वसाधरणलाई प्रतिब्यक्ति रु २०० रुपैयाँ तोकेको हो ।

विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्‍चालन नहुँदासम्‍म हाललाई सर्वसाधरणका लागि २०० रुपैयाँ शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए । सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क स्वदेशीलाई २००, सार्क मुलुकलाई ५००, सार्क मुलुक बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ ।

साथै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन शुल्क व्यवसायिक बाहेकका प्रतिघण्टा ५ हजार, धरहरा परिसरमा व्यवसायिक भिडिओ छायांकन शुल्क प्रतिघण्टा ५ हजार, फोटोग्राफीका लागि १ हजार शुल्क तोकिएको छ । यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ।

चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क तोकेको छ। यसअघि धरहरामा काठमाडौं महानगरपालिकाले निशुल्क रुपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो । अब आइतबारदेखि भने धरहरामा पार्किङ गर्दा शुल्क तिर्नुपर्ने भएको हो ।

धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णय समेत भएको छ । १० वर्ष मुनिका बालबालिका शुल्न नलाग्ने भएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज