Advertisement

१८ घण्टाको प्रसव पीडापछि आकस्मिक शल्यक्रिया, आमा र शिशु दुवै सुरक्षित

Advertisement

 

आर्थिक अभावले सुविधासम्पन्न अस्पताल जान नसक्ने भएपछि १८ घण्टासम्म प्रसव पीडाले छटपटाएकी गर्भवतीको जोमसोम अस्पतालका डाक्टरले जोखिम मोलेर आकस्मिक शल्यक्रिया गरी आमा र शिशु दुवैको ज्यान जोगाउन सफल भएका छन् ।

मुस्ताङ टुकुचेकी २४ वर्षीया महिलाको जोमसोमस्थित प्रादेशिक अस्पतालमा आकस्मिक शल्यक्रियाबाट शिशु जन्मिएको छ । अस्पतालका अनुसार १८ घण्टाको कठिन प्रसव पीडापछि गरिएको शल्यक्रियाबाट आमा र शिशुको ज्यान जोगिएको छ । हाल दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

४० हप्ता ४ दिनको गर्भवती ती महिलालाई तीन साता अघि नै अस्पतालले ‘एबी नेगेटिभ’ जस्तो दुर्लभ रक्त समूहका कारण सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिएको थियो । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङको जोमसोममा उक्त रक्त समूह सहजै उपलब्ध नहुने भएकाले उनलाई त्यहाँबाट नजिक पर्ने पोखरा जान भनिएको थियो । तर आर्थिक अभावका कारण उनी पोखरा जान नसकेकी थिइन् ।

 

‘आर्थिक समस्याले गर्दा पोखरा जान नसक्नु भएको रहेछ । १८ घण्टासम्म टुकुचेमै पीडा सहेर बसेपछि मात्रै अस्पताल ल्याइएको थियो,’ जोमसोम अस्पतालका कन्सल्टेण्ट मेडिकल जेनरलिष्ट डा . विशाल सापकोटाले अनलाइनखबरसँग भने, ‘२० महिनाअघि उनको गर्भपात भएको थियो । त्यसबेला प्रसूति गृह काठमाडौंमा पुगेकी थिइन् । तर एन्टी–डी खोप नलगाएकाले अहिलेको गर्भमा थप जोखिम देखिएको हो ।’

स्वास्थ्य जोखिम बढ्दै गएपछि उनलाई राति करिब १० बजे उनी टुकुचे स्वास्थ्य चौकी लगिएको थियो । तर अवस्था जटिल बन्दै गएपछि दिउँसो १ बजे जोमसोमस्थित प्रदेश अस्पताल ल्याइएको थियो । ‘शुरुआती परीक्षणमा शिशुको टाउको गर्भमार्गमा अटाउन नसक्ने, योनीमुखमा रक्तस्रावयुक्त गाँठो देखिने र शिशुको मुटुको गति सुस्त पाइएको थियो,’ डा . सापकोटाले भने, ‘त्यसपछि तत्कालै आकस्मिक शल्यक्रिया गर्नुपर्‍यो ।’

 

शल्यक्रिया डा . सापकोटा नेतृत्वको टिमले सफलतापूर्वक सम्पन्न गर्‍यो । टोलीमा डा. विसर्जन नेपाली, डा. अनिशा गुरुङ, डा. मनिष कोइराला, एनेस्थेसिया सहायक बालकुमारी राना, स्टाफ नर्स दिव्या जिसी, सुधा पौडेल तथा सहयोगीहरु शान्ता र अनु परियार थिए ।

३ किलो ६०० ग्राम तौल भएको शिशु र आमाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । ‘एनआईसीयू, ब्लड बैंक र भेन्टिलेटर जस्ता पूर्वाधार नभएको अवस्थामा गरिएको यो सफल शल्यक्रिया दुर्गम क्षेत्रमा मातृ तथा नवजात सेवाको उत्कृष्ट उदाहरण हो,’ डा . सापकोटाले भने ।

अस्पतालमा संरचना र जनशक्ति अभाव

जोमसोममा २०२९ सालमा स्वास्थ्य चौकी स्थापना भएको थियो । पछि स्तरोन्नति गरेर २५ शय्याको प्रादेशिक अस्पताल बनाइएको थियो । तर, अझै पनि जोमसोम अस्पतालमा एनआईसीयू, ब्लड बैंक, भेन्टिलेटरजस्ता अत्यावश्यक संरचना छैनन् । आवश्यक ‘एन्टी–डी’ खोप समेत नभएकाले पोखराबाट मगाइएको डा। सापकोटा बताउँछन् ।

भवन निर्माण अधुरो, उपकरणको अभाव र जनशक्तिको कमीबीच अस्पतालले मातृ तथा नवजात सेवामा उल्लेखनीय काम गरिरहेको छ ।

शल्यक्रियाबाट हुने प्रसूति सेवा अस्पतालमा चैत महिनाबाट मात्रै पुनस् सुरु भएको हो । यसअघि १९ महिनासम्म शल्यक्रिया सेवा अवरुद्ध थियो । त्यस अवधिमा करिब १५० महिला पोखरा वा म्याग्दीको बेनी अस्पताल पुगेर सुत्केरी भएको पाइएको छ ।

डा . सापकोटा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अन्तर्गत करारमा खटाइएका हुन् । उनीभन्दा अघिका डाक्टर मुखिया घलेको सरुवा भएपछि जोमसोम अस्पताल विशेषज्ञविहीन थियो ।

हाल अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक र एक मेडिकल अफिसरसहित १७ जना प्राविधिक छन् । कुल ३० जना कर्मचारीले अस्पताल चलाइरहेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सह...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञ...
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवा...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज