Advertisement
Edit Content

१८ हजार विदेशीलाई निकाल्ने पोर्चुगल सरकारको तयारी

Advertisement

पोर्चुगल सरकारले आम चुनावको ठीकअघि १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ । अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो ।

पोर्चुगलमा १८ मेमा मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ । चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्री एन्तोनियो लेइतो अमारोले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने बताएको समाचार एजेन्सी एपीले जनाएको छ । यसका लागि सूचना जारी गर्ने ती मन्त्रीको भनाइ छ ।

यो कारबाही आगामी हप्तादेखि सुरु गर्ने तयारी छ । सुरुवातमा ४ हजार ५०० जना विदेशी नागरिकहरुलाई स्वेच्छाले पोर्चुगल छाड्न आदेश दिइनेछ । त्यसरी देश छाड्नका लागि उनीहरूलाई २० दिनको मौका दिइने छ । त्यसपछिका चरणमा पनि यो अभियान जारी रहने छ ।

आप्रवासन प्रमुख मुद्दा

पोर्चुगलमा आप्रवासन एउटा प्रमुख मुद्दा बनेको छ । अनियमित रूपमा देशमा प्रवेश गर्नेहरूलाई निष्कासन गर्ने व्यवस्था अझ बलियो बनाउनुपर्ने माग उठिरहेको छ । ‘युरो न्यूज’का अनुसार, मन्त्री एन्तोनियो लेइतो अमारोले गत साता पनि यो मुद्दा उठाएका थिए । उनले पोर्चुगलको डिपोर्टेसन प्रणाली प्रभावकारी नरहेको भन्दै यसको समीक्षा आवश्यक रहेको बताएका थिए ।

उनका अनुसार, पोर्चुगल युरोपका ती तीन देशहरूमध्ये एक हो जहाँ सबैभन्दा कम संख्यामा डिपोर्ट गरिन्छ । तीमध्ये धेरैजसो त्यस्ता व्यक्ति हुन्छन् जसले नियम उल्लंघन गरेका कारण देश छाड्नुपर्ने आदेश दिइन्छ ।

पोर्चुगलमा पनि दक्षिणपन्थको बढ्दो प्रभाव

युरोपका अन्य देशहरू जस्तै पोर्चुगलमा पनि दक्षिणपन्थी सोच बढ्दो छ । विज्ञहरूका अनुसार, दक्षिणपन्थ, राष्ट्रवाद र जनप्रियवाद ९पपुलिज्म० को भावना बलियो बन्दै जाँदा राष्ट्रिय राजनीतिमा असर परेको छ । मार्च २०२४ मा सम्पन्न चुनावमा धुर–दक्षिणपन्थी शेगा पार्टीको जनाधार बढेको थियो र १८ प्रतिशत भोट ल्याउँदै पोर्चुगलको तेस्रो ठूलो पार्टी बनेको थियो ।

सन् २०१९ मा स्थापना भएको यो पार्टीले छोटो समयमै उल्लेखनीय आधार बनाएको छ । पार्टीका नेता आन्द्रे वेन्तुरामाथि जातीय भेदभाव ९रेसिज्म० र इस्लामविरोधी विचार ९इस्लामोफोबिया० राख्ने आरोप लाग्दै आएको छ ।

‘पोलिटिको’ म्यागजिनका अनुसार, वेन्तुराको राजनीतिक उदयमा उनका उग्र प्रस्तावहरूको ठूलो भूमिका हुन सक्छ । उदाहरणका लागि, सन् २०२० मा शेगा पार्टीले एउटा विधेयक ल्याएको थियो जसमा यौन अपराध, विशेषगरी बालबालिकामाथि हुने यौन अपराध,मा संलग्नलाई नपुंसक बनाउने ९केमिकल क्यास्ट्रेसन० सजायको प्रस्ताव गरिएको थियो । तर देशको ‘सुपिरियर काउन्सिल अफ जुडिसियरी’ ले यो प्रस्ताव संविधानविपरीत भएको ठहर गर्दै खारेज गरेको थियो ।

राजनीतिक अस्थिरता

शेगा पार्टीले आप्रवासन नीतिलाई कडा बनाउनुपर्ने माग राख्दै आएको छ । आलोचकहरूले भने यो पार्टी आप्रवासी र एलजीबीटीक्युमाथि विरोध गर्ने पार्टी भएको आरोप लगाउँछन् । यसले रोमा समुदायलाई समेत निशाना बनाउने गरेको आरोप लागेको छ ।

धेरै विश्लेषकहरूको भनाइमा, धुर–दक्षिणपन्थ प्रभाव बलियो बन्दै जानुको एक प्रमुख कारण भनेको राजनीतिक अस्थिरता हो । १८ मेमा हुने चुनाव तीन वर्षमा तेस्रो पटकको मध्यावधि चुनाव हो ।

साथै, देशका दुई ठूला पार्टीहरू– सोसलिस्ट पार्टी ९पीएस० र सोसल डेमोक्र्याटिक पार्टी ९पीएसडी० दुवैमाथि भ्रष्टाचारका आरोप लाग्दै आएका छन् । यस्तो अवस्थामा, शेगा पार्टीको वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्ने वाचा धेरै मतदाताका लागि आकर्षक बन्दै गएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अ...
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन ला...
१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पन...
राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति पौडेलले कतार प्रस्थान गर्दै

राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न ला...
अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ ...
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनु...
जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

जेनजीहरूलाई दल खोलेर जनताबाट अनुमोदित हुन भनेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई दल खोजेर जनताबाट अनुमोदित हुनका लागि आग्रह गरेको बताएकी छिन् । आइतबार बालुवाटारमा भएक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज