काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ।
थानकोट उकालोमा ट्रक विग्रिँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी जाममा परेका हुन्। दुई घण्टादेखि जाम खुल्न नसक्दा यात्रु मारमा परेका छन्। प्रहरीले जाम सहज गर्ने प्रयास भइरहेको जनाएको छ।
२०८२ कार्तिक १८, मंगलवार ०९:३७२०८२ कार्तिक १८, मंगलवार ०९:३७२०८२ कार्तिक १८, मंगलवार ०९:३७ by न्यु नेपाल न्युजNo Comments
दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पनि बेपत्ता छन् ।
१५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङका फुर्वा तेन्जिङ शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महत्तोले जानकारी दिए ।
फुर्वा तेन्जिङ २४ वर्षको उमेरमै ९ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखिसकेका विख्यात आरोही हुन् ।
ड्रिम्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीको व्यवस्थापनमा डोल्मा खाङ हिमाल र आरोहणका लागि तीन विदेशी आरोही र ५ जना नेपाली टुरिष्ट गाइडसहित ८ जना र स्थानीय गाइड समेत १४ जना यलुङ री बेस क्याम्प पुगेको थियो ।
हिमाल आरोहणको अनुमति लिने तर स्थानीय प्रशासनमा समेत त्यसको विवरण नहुने भएकाले आरोहीहरुको पहिचान र विस्तृत विवरण खुल्न कठिन भएको हो ।
...
२०८२ कार्तिक १७, सोमबार ०८:२३२०८२ कार्तिक १७, सोमबार ०८:२३२०८२ कार्तिक १७, सोमबार ०८:२३ by न्यु नेपाल न्युजNo Comments
नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकाअनुसार देशका पहाडी भू-भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।...
२०८२ कार्तिक १७, सोमबार ०७:५३२०८२ कार्तिक १७, सोमबार ०७:५३२०८२ कार्तिक १७, सोमबार ०७:५३ by न्यु नेपाल न्युजNo Comments
यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन्।
बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन्।
अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए।
यसैगरी, श्रीलंकाबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बङ्गलादेशबाट चार हजार ६...
२०८२ कार्तिक १७, सोमबार ०७:३८२०८२ कार्तिक १७, सोमबार ०७:३८२०८२ कार्तिक १७, सोमबार ०७:३८ by न्यु नेपाल न्युजNo Comments
राष्ट्रपति रामचन्द्र पौडेललेकतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न लागेका हुन् ।
उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।...
२०८२ कार्तिक १७, सोमबार ०७:२०२०८२ कार्तिक १७, सोमबार ०७:२०२०८२ कार्तिक १७, सोमबार ०७:२० by न्यु नेपाल न्युजNo Comments
अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ।
सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।
अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा थियो।
अफगान अधिकारीका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा चार जनाको मृत्यु भएको छ।
बाल्खका गर्भनरका प्रवक्ता हाजी ज़ैदले भने, हामीले ठूलो आर्थिक र जनधनको क्षति भोगेका छौं। धेरै मानिस घाइते भएका छन्, र हालसम्म चार जनाको मृत्यु पुष्टि भएको छ।
अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, देशका धेरै प्रान्तहरू फेरि एक पटक शक्तिशाली भूकम्पबाट हल्लिएका छन्।
भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको अमेरिकी भ...
२०८२ कार्तिक १७, सोमबार ०७:११२०८२ कार्तिक १७, सोमबार ०७:११२०८२ कार्तिक १७, सोमबार ०७:११ by न्यु नेपाल न्युजNo Comments
सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना -३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
सडक विभागले पहिरो पन्छ्याएपछि रातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
सडक सञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यमा लागेका छन् ।...
२०८२ श्रावण ११, आईतवार १०:१८२०८२ श्रावण ११, आईतवार १०:१८२०८२ श्रावण ११, आईतवार १०:१८ by न्यु नेपाल न्युजNo Comments
हत्या भएको घर
सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले सँगै सुतिरहेकी श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय ठाडाले ४१ वर्षीया श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । त्यसअघि उनले प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन गरेका थिए ।
उनले प्रहरीलाई दिएको जानकारी अनुसार नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी ) मोहनजंग बुढथापाले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको र ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।
वडाध्यक्ष कोइरालाका अनुसार शनिबार दिउँसो घरमा दानसिंहका बुवाआमा आएका थि...
२०८२ असार ११, बुधबार १२:००२०८२ असार ११, बुधबार १२:००२०८२ असार ११, बुधबार १२:०० by न्यु नेपाल न्युजNo Comments
पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान सुरु भएको छ ।
बुधवार विशेष अदालतमा हाजिर भएसँगै न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो ।
विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।...
२०८२ असार १०, मंगलवार १९:५१२०८२ असार १०, मंगलवार १९:५१२०८२ असार १०, मंगलवार १९:५१ by न्यु नेपाल न्युजNo Comments
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा रु दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०-८१ को सोही अवधिको तुलनामा नौ दशमलव २४ प्रतिशतले बढी हो ।
गत आव २०८०-८१ को ९साउन–जेठ०मा रु दुई अर्ब ६७ करोड २६ लाख ३१ हजार राजस्व सङ्कलन भएको कर अधिकृत एवं सूचना अधिकारी डोरराज सुनुवार जानकारी दिनुभयो । आन्तरिक राजस्व कार्यालयले चालु आव २०८१-८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।
गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको ११ महिनाको लक्ष्यको ८५ दशमलव ६१ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताउनुभयो । कार्यालयले ११ महिनामा आयकरबाट रु एक अर्ब रु २६ करोड ५२ लाख, ब्याजबापत रु आठ करोड १६ लाख, मूल्य अभिवृद्धि करबापत रु ९८ करोड २८ लाख ३१ हजार, अन्तःशुल्कबापत रु ५५ करोड १६ लाख ६...