Advertisement

ब्यापार

नेपालको कृषि र पर्यटनलाई बीआरआर्ई फ्रेमवर्क मार्फत अगाडि बढाउँदै

नेपालको कृषि र पर्यटनलाई बीआरआर्ई फ्रेमवर्क मार्फत अगाडि बढाउँदै

अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, ब्यापार, समाचार
काठमाडौं । नेपालको कृषि र पर्यटनलाई बीआरआर्ई फ्रेमवर्क मार्फत अगाडि बढाउँन संम्बाद कार्यक्रम सम्पन्न भएको छ । फाउन्डेसन अफ ट्रान्सहिमालयन रिसर्च एन्ड स्टडिजको आयोजना र फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालको सहकार्यमा बीआरआई फ्रेमवर्क सम्बाद कार्यक्रम सम्पन्न भएको हो । मंगलबार काठमाडौमा सम्पन्न कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको पर्यटन र कृषि क्षेत्रमा चीनको निरन्तर समर्थनको प्रशंसा गर्दै दुई देशबीचको ऐतिहासिक मित्रता हरेको चर्चा गरेका थिए । उनले चीनसँग भैंसीको मासु निर्यातका लागि गरिएको सम्झौतालाई नेपाल–चीन बीच आर्थिक सम्बन्धको प्रगति हुने धारणा व्यक्त गरे । मन्त्री अधिकारीले नेपाललाई कृषि र पर्यटन क्षेत्रमा प्रविधि र लगानीको ठूलो आवश्यकता रहेको औंल्याउँदै बीआरआई फ्रेमवर्क अन्तर्गतका परियोजनाहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले चिनियाँ...
नेपाली उत्पादनको स्याउले बजार पाएपछि आयात घट्यो

नेपाली उत्पादनको स्याउले बजार पाएपछि आयात घट्यो

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौं । चाँडवाड नजिँकिदै जाँदा स्वदेशी उत्पादन स्याउले बजार पाउन थालेको छ । नेपाली बजारमा भारतीय र चीनको आयातित स्याउ तथा फलफुलले ओगटेको हिस्सालाई स्वदेशी उत्पादित स्याउले परास्त गर्दै बजार पाउन लागेको हो । नेपालको हिमाली भेगमा उत्पादन भएको स्याउ सहरको मुख्य बजारमा पुग्न थालेको छ । दशै तिहार नजिँकिदै गर्दा मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जाजरकोट लगायतको स्थानहरुमा उत्पादित स्याउ मुख्य बजारहरुमा पुग्न थालेपछि भारत, चीनबाट आयात घट्न थालेको छ । फलफुल सधैं जसो चाडवाडको बेलामा आयात गर्नुपर्ने अबस्थामा पुग्थ्यो । केहि समय अगाडीदेखि स्याउको नेपाली बजारमा स्वदेशी उत्पादनले नै धान्न सकिने कृषि मन्त्रालयका प्रबक्ताले बताए । त्यसैगरी, अहिलेको सिजनमा स्याउ संकलन गर्न किसानहरुलाई भ्याइनभ्याई रहेको छ । उनीहरुले स्याउ टिपी ग्रेडिङ गर्ने, केलाउने, प्याकिङ गर्ने र ढुवानी गर्ने लगायतको कामहरु धमा...
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड कायमै

सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड कायमै

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले यो साता पनि नयाँ रेकर्ड कायम गरेको छ । सातामै सुनको मूल्य प्रतितोलामा ४ हजार २०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । आइतबार प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको छ । बिहिबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः नयाँ रेकर्ड कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मूल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो प्रवृत्ति लगायत कारणले सुनको मूल्य बढ्न सघाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ७५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १ हजार ८...
असोज ७ गतेदेखि चाडबाड लक्षित सहुलियत पसल सञ्चालन हुने

असोज ७ गतेदेखि चाडबाड लक्षित सहुलियत पसल सञ्चालन हुने

ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
काठमाडौँ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठ पर्वसम्म सञ्चालनमा आउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानसँग सहकार्य गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न लागेको हो । आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो रु पाँच छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्...
रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कला/साहित्य, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, ब्यापार, भिडियो, मनोरञ्जन, विचार, शिक्षा, शेयर बजार, समाचार, स्वस्थ्य
काठमाडौं । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो । लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य स्वैच्छिक अवकाश लिएका थिए । लामा अहिले मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख रहेका छन् । लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, ९रेडियो नेपालको बोर्ड सदस्य भइसकेका छन् । उनले २३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण क...
रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कला/साहित्य, खेलकुद, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, ब्यापार, भिडियो, मनोरञ्जन, विचार, शिक्षा, शेयर बजार, समाचार, स्वस्थ्य
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे ।चितवन - २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।...
डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कला/साहित्य, खेलकुद, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, ब्यापार, भिडियो, मनोरञ्जन, विचार, शिक्षा, शेयर बजार, समाचार, स्वस्थ्य
 मंसिर ५ काठमाडौं । प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् ।हालसम्म गनेको १ हजार मत मध्ये प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मत सहति अग्रता कायम गरिरहेका छन् भने, उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । १ हजार मत गन्दा सागर ढकालले २ सय ४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपिका उम्मेदवार कर्णबहादुर मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज