Advertisement

राजनीति

एकता अनुमोदन गर्न आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

एकता अनुमोदन गर्न आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

Breaking news, Breaking News 2, ट्रेन्डिङ, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागिएको एकता अनुमोदनका लागि दिउँसो १ बजे बैठक बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलबीच पार्टी एकताका लागि आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्। त्यस्तै नेकपाका महासचिव चिरन पुन, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा (माओवादी समाजवादी) कर्णजित बुढाथोकी र ने।क।पा। (साम्यवादी)का अध्यक्ष प्रेमबहादुर सिंहले पनि एकताको सहमतिमा हस्ताक्षर गरेका छन्। उनीहरूले चुनाव चिह्न पाँच कुने तारा तोकेका छन...
बजेटमा खर्च कटौतीको प्रस्तावको प्रवृतिमाथि प्रधानमन्त्री ओलीको प्रश्न

बजेटमा खर्च कटौतीको प्रस्तावको प्रवृतिमाथि प्रधानमन्त्री ओलीको प्रश्न

Breaking News 2, अर्थ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
बजेटमा खर्च कटौतीको प्रस्तावको प्रवृतिमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यो परम्परागत अभ्यास रहेको बताए । ‘एउटा ट्रेडिसनल कुरा जस्तो भयो के एक रुपैयाँ खर्च कटौती, बजेटबाट एक रुपैयाँ घटाइयोस्  ! ’ प्रधानमन्त्री ओलीले भने, ‘खर्च एक रुपैयाँ घटाउदा हुने भए १ त्यसको एउटा सिम्बोलिक अर्थ छ । तथापि, एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ ।’ अन्यथा, खचै कटौतीको प्रस्तावको ठूलो अर्थ नरहेको उनले बताए । ‘सर्वसम्मत ( बजेट पास ) हुन्छ एक रुपैयाँ घटाउँदा रु’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘सर्वसम्मत हुन्छ भने एक रुपैयाँ घटाइदिए पनि हुन्छ है ।’ कतिपय थिति र विधि समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको प्रधानमन्त्रीको आग्रह छ । ‘अब एउटा बिरालो बाधियो । जहाँ चलन हुन्छ त्यहाँ...
पूर्वप्रधानमन्त्री दाहाललाई पाटनमा अभिनन्दन

पूर्वप्रधानमन्त्री दाहाललाई पाटनमा अभिनन्दन

Breaking News 2, ट्रेन्डिङ, मुख्य समाचार, राजनीति, समाचार
  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ । ‘जनातासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभाम्भ गर्न यहाँ पुग्नुभएका पूर्वप्रधानमन्त्री दाहाललगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो । आजै दिउँसो यहाँको पाटनमा विशेष कार्यक्रमको आयोजना गर्दै अध्यक्ष दाहालले उक्त जनजागरण अभियानको शुभारम्भ गर्नुहुनेछ । यो अभियानको नेतृत्व अध्यक्ष दाहाल स्वयंले गर्नुहुनेछ । अभियानमा भाग लिन पार्टीका अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इञ्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू यह...
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

Breaking News 2, ट्रेन्डिङ, मुख्य समाचार, राजनीति, समाचार
 प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा सांसद अर्जुन नरसिंह केसीले नेपाल प्राकृतिक जोखिमको उच्चतम विन्दुमा रहेकाले वर्षायाम सुरु हुन लागेसँगै सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव सरकारले गम्भीर रूपमा लिनुपर्छ । तीनै तहको समन्वय र आवश्यक बजेट विनियोजन गर्न आवश्यक छ ।” सांसद अम्बरबहादुर रायमाझीले पनि देशका राजमार्गको अवस्था बिग्रिँदो अवस्थामा रहेकाले मनसुन सुरु हुन लाग्दा समयमै ध्यान दिनुपर्र्ने बताउनुभयो । “राजधानीबाट पूर्वतर्फ यात्रा गर्ने बिपी राजमार्ग जीर्ण अवस्थामा छ यसका लागि वैकल्पिक मार्गको  व्यवस्था होस् भनेर माग गर्दछु”, उहाँले भन्नुभयो । सांसद अच्युत...
महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छः सभापति देउवा

महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छः सभापति देउवा

Breaking News 2, राजनीति, समाचार
  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताउनुभएको छ । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपाली महिलाहरूको आह्वानः समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाहरूको उत्थान र अधिकार मात्रै हैन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गर्नुभयो ।  “हरेक पालिकामा मात्रै हैन राज्यको हरेक निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने व्यवस्था गरिएको छ । यहाँ महिलाहरूले देशकै नेतृत्व गरेको अवस्था छ, अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन,” सभापति देउवाले भन्नुभयो,“अब थप अधिकार, समानता र सशक्तीकरणका पक्षमा सबै  मिलेर ...
मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवा  हरुबीच सहमति

मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवा हरुबीच सहमति

ट्रेन्डिङ, राजनीति, समाचार
जनकपुरधाम । तराई–मधेशमा सक्रिय रहेका साना दलहरुबीच महागठबन्धनको तयारी तीव्ररुपमा अगाडि बढिरहेको छ । आठदलीय मधेशी मोर्चामा अटाउन नसकेका दलहरुबीच मोर्चाबन्दीको गृहकार्य सुरु भएको हो । पूर्वगृह राज्यमन्त्री मो।रिजवान अन्सारीको नेतृत्वमा देश र मधेशमा वैकल्पिक शक्ति निर्माण हुन लागिएको हो । नेपालका उत्पीडित, उपेक्षित र पछाडि पारिएका वर्ग समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले देश र मधेशका लागि वैकल्पिक शक्ति निर्माण गर्न विभिन्न १० दलका साथै नागरिक अगुवाहरुको बैठक सम्पन्न भएको छ । मंगलबार धनुषाको ढल्केबरमा बसेको बैठकले नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो।रिजवान अन्सारीलाई महागठबन्धन निर्माणका लागि जिम्मा दिएको हो । नेपाल सद्भावना पार्टीको विशेष आयोजनामा विभिन्न पार्टीहरुसँग मोर्चाबन्दीको लागि साझा मुद्दाहरुमा छलफल गरिएको छ । नेपाल सद्भावना पार्ट...
मुलुकमा स्थिरता र समृद्धिका लागि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्छ :अध्यक्ष दाहाल

मुलुकमा स्थिरता र समृद्धिका लागि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्छ :अध्यक्ष दाहाल

Breaking News 2, ट्रेन्डिङ, राजनीति, समाचार
  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरी देशमा स्थायी शान्तिको वातावरण बनाउन शान्ति सम्झौताका पक्षधर मिलेर जानुको विकल्प नरहेको बताउनुभएको छ । संविधान निगरानी समूह र ‘इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)’ द्वारा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक संवाद कार्यक्रममा अध्यक्ष दाहालहाँले दक्षिणपन्थी कोणबाट संविधानको तीव्र विरोध भइरहेको अवस्थामा जतिसुकै आलोचना र प्रतिआलोचना भए पनि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अध्यक्ष दाहालले सरकारमा सहभागी दुई ठूला दलले जनताका कुरा नबुझ्ने हो जनतामा तीव्र असन्तुष्टि बढेर जाने जिकिर गर्नुभयो । जनताले सुशासन, सामाजिक न्याय, आर्थिक सम...
ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन् : माधव नेपाल

ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन् : माधव नेपाल

ट्रेन्डिङ, राजनीति, समाचार
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् । शनिवार पार्टीको काठमाडौँमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको विरोध पनि गरे । उनले ओलीलाई दुई कम्युनिस्ट पार्टीहरू मिलेर बनाएको सरकार ढालेर कांग्रेससँग मिलेर सरकार बनाएको आरोप समेत लगाए । प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको उनले उल्लेख गरे । ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी समेत उनले गरे । ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित उनको आरोप थियो । उनले नेपालमा दुई वटा ठुला पार्टीको मात्रै उपस्थिति ह...
थारू सीप र संस्कृतिको प्रवर्द्धन गरौँ : सभापति देउवा

थारू सीप र संस्कृतिको प्रवर्द्धन गरौँ : सभापति देउवा

ट्रेन्डिङ, प्रदेश समाचार, राजनीति, समाचार
पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । अन्तरप्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएता पनि त्यसको बजारीकरण र प्रवर्द्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताउनुभयो । सभापति देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चितीकरणमा परेकाले यस समुदायका अगुवाले शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको चर्चा गर्नुभयो । सभापति देउवाले दाङको विकासका लागि टरिगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको कला, संस्कृति र सीप जर्गेना गर्न प्रदेश सरकार प्रतिबद्ध रहे...
एमालेबाट निष्कासित रावलले नयाँ पार्टी खोल्दैः पार्टीको नाम मातृभूमि जागरण अभियान, नेपाल

एमालेबाट निष्कासित रावलले नयाँ पार्टी खोल्दैः पार्टीको नाम मातृभूमि जागरण अभियान, नेपाल

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् । नेकपा एमालेबाट निस्कासित भएपछि रावलले पत्रकार सम्मेलन गरी अलग्गै पार्टी बनाउने घोषणा गरेका थिए । उनले बिहीबार सामाजिक सञ्जालामा पार्टीको अवधारणा र संरचना सार्वजनिक गरेका छन् । सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ । सार्वजनिक भएको अवधारणापत्र अनुसार वडा, पालिका , प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज