शैक्षिक रूपान्तरणको सवालः निजी फक्रँदै, सामुदायिक खुम्चँदै
शैक्षिक क्षेत्र व्यापारिक थलोजस्तो बनाइँदा सामुदायिक शिक्षा अपहेलित छ । गरिब र भुइँतहका नागरिकको अधिकार समानताको दृष्टिकोणबाट ज्यादै चिन्ताजनक छ भन्ने यसले देखाइरहेको छ । सार्वजनिक शिक्षालाई कमजोर बनाउँदा त्यसले देशलाई दीर्घकालसम्म असर पु¥याउँछ भन्ने हेक्का नराख्दा सामुदायिक र निजी शिक्षाबिचको खाडल झन् ठुलो हुँदै गइरहेको छ ।
निजी विद्यालयहरू जुत्ता, मोजा, कापी, कलम, पोसाक बेच्ने व्यापारी समेत बनेको अवस्था छ । यसको अनुगमन र कारबाहीलाई देशव्यापी बनाउने हो भने यस्ता विद्यालय बजारलाई फलिफापै मात्रै भएको देखिन्छ ।
निजी स्कुलले सार्वजनिक पद धारण गर्ने धेरैका छोराछोरीलाई निःशुल्क पढाइदिने मात्र होइन, राजनीतिक व्यक्तित्वको निर्वाचन खर्चको जोहो पनि गरिदिने गरेको अवस्थालाई सामान्य रूपमा लिन थालिएको अनुभव हुँदै आएको छ । दलहरूको चुनावी खर्च व्यवस्थापनमा निजी क्षेत्रको भूमिका बढेको अवस्थामा निजी ...















