दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्बमाथि
आज १२.५३ अंकले घटेको बजार २६४९.११ बिन्दुमा झरेर रोकियो । यो ०.४७ प्रतिशत गिरावट हो ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज १२.५३ अंकले घटेको बजार २६४९.११ बिन्दुमा झरेर रोकियो । यो ०.४७ प्रतिशत गिरावट हो ।
आइतबार कुल ३ सय धितोपत्रको ८८ हजार ९ सय ५५ कारोबारबाट २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच भएको छ । आज १० अर्ब २० करोड २७ लाख १ हजार ३ सय ४४ रुपैयाँ बराबर कारोबार भएको छ ।
आइतबार होटल र पर्यटन उपसूचकमा उछाल देखिए पनि अन्य उपसूचक भने बढ्न सकेनन् । होटल र पर्यटनमा ६.५० प्रतिशतको वृद्धि देखिएको छ । यसबाहेक विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो । अन्य उपसूचक घटेका छन् ।
आइतबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यी धि...


















