ओखलढुंगाकाे लिखुमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण कार्य सुरू
ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकामा शुक्रबार देखी राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरण कार्य सुरु भएको छ । शुक्रबार देखी लिखु गाउँपालिकाको वडा नं.५ यसमबाट राष्ट्रिय परिचयपत्र नयाँ दर्ता तथा नवीकरण कार्य सुरु भएको हो ।
राष्ट्रिय परिचयपत्रका लागि यसभन्दा अगाडि फारम भरेका कतिपय नागरिकहरूको परिचयपत्र पनि आएको छैन । पुन दर्ताका लागि जेष्ठ, अपाङ्गता भएका तथा विरामी सेवाग्राही नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम नै जानु पर्ने भएपछि गुनासो आएको थियो । नागरिकहरुले गुनासो गरेपछि स्थानीय जनप्रतिनिधिहरुको अनुरोध तथा समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको सहयोगमा शुक्रबारदेखि लिखु गाउँपालिकाको वडा वडामा नै राष्ट्रिय परिचयपत्र दर्ता वितरण कार्य सुरु गरिएको हो ।
यो शिविरमा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही नागरिकहरुलाई प्राथमिकताका राखि सेवा प्रदान गरिएको लिखु गाउँपालिका वडा नं. ...













