Advertisement

Breaking News 2

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

रवि र बालेनले हस्ताक्षर गरेको सात बुँदामा के छ ?

Breaking news, Breaking News 2, ट्रेन्डिङ, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सहमति भएको छ। आइतबार भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ। रातभरको छलफलपछि उनीहरुबीच आज बिहान सहमति भएको हो । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले हस्ताक्षर गरेका छन् । रास्वपा र बालेन्द्र शाहबिच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद र प्रयास हुँदै आएको थियो । विशेष गरी गत हप्ता सोमबारदेखि दुवै नेताबीच निरन्तर भेटघाट र छलफल सुरु भएको थियो। सहमति भएका सात बुँदा यसप्रकार छन् _ १ ) नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्बोधन...
रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै

Breaking news, Breaking News 2, ट्रेन्डिङ, समाचार
सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्। अदालती प्रक्रिया पूरा गर्न बिहीबार सम्भव नभएकाले उनी आज रिहा हुन लागेका हुन्। उच्च अदालत, तुलसीपुरको भैरहवा अदालतले उनलाई जमानतमा रिहा गर्न भनेको थियो। जसअनुसार जिल्ला अदाललते उहाँको धरौटी स्वीकार गर्नुपर्ने हुन्छ। त्यसका लागि लामिछाने जिल्ला अदालत, रूपन्देही जानुपर्ने भएकाले आज मात्र छुट्न लागेका हुन्। जिल्ला अदालत, रूपन्देहीले बिहीबार नै लामिछानेलाई उपस्थित गराउन नक्खु कारागारलाई पत्राचार गरिसकेको छ। लामिछाने थुनामुक्त हुन भने केही प्रक्रिया पूरा हुनुपर्छ। पहिलो, उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रूपन्देहीमा पुग्नुपर्छ। उक्त आदेश शुक्रबार मात्रै जिल्ला अदालतमा पुग्नेछ। दोस्रो, आदेशपछि जिल्ला अदालतले रवि लामिछानेले बुझाउने भनेको बिगो बापत...
ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम

Breaking news, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ। थानकोट उकालोमा ट्रक विग्रिँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी जाममा परेका हुन्। दुई घण्टादेखि जाम खुल्न नसक्दा यात्रु मारमा परेका छन्। प्रहरीले जाम सहज गर्ने प्रयास भइरहेको जनाएको छ।
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त

Breaking news, Breaking News 2, ट्रेन्डिङ, समाचार
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ। सुडान र दक्षिण सुडानबिचमा रहेको अबेई क्षेत्रमा खटिएको राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको उनी फोर्स कमान्डर बनेका हुन्। खुला प्रतिस्पर्धामा आधारमा राष्ट्रसंघले उनलाई छानेको हो। यसअघि घानाका मेजर जनरल रोबर्ट अफ्राम सो जिम्मेवारीमा थिए। राष्ट्रसंघले एक विज्ञप्ति प्रकाशन गरी उनलाई नियुक्त गरेको हो। अबेई सुडान र दक्षिण सुडानबिचको विवादित भूमि हो। जसलाई राष्ट्रसंघले विशेष प्रशासनिक क्षेत्रको मान्यता दिएको छ। अबेईमा राष्ट्रसंघले स्थापनार्थ छुट्टै शान्ति खटाएको छ। जहाँको सम्पूर्ण सुरक्षा फौजको कमान्ड रथी श्रेष्ठले गर्नेछन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार नियुक्तिको बारेमा औपचारिक रूपमा पत्र आएपछि रथी श्रेष्ठ त्यहाँ खटिनेछन्। ‘नियुक्ति भएको विषयमा औपचारिक रूपमा पत्राचार भइसकेको छैन,...
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

Breaking news, Breaking News 2, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् । उनी १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए । जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए । २४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए । सोही बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।...
१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

१५ पटक सगरमाथा चढेका फुर्वा तेन्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता

Breaking news, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाको ‘यलुङ री’ हिमालमा आएको हिम पहिरोमा परेर सगरमाथाको सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पा पनि बेपत्ता छन् । १५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङका फुर्वा तेन्जिङ शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महत्तोले जानकारी दिए । फुर्वा तेन्जिङ २४ वर्षको उमेरमै ९ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखिसकेका विख्यात आरोही हुन् । ड्रिम्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीको व्यवस्थापनमा डोल्मा खाङ हिमाल र आरोहणका लागि तीन विदेशी आरोही र ५ जना नेपाली टुरिष्ट गाइडसहित ८ जना र स्थानीय गाइड समेत १४ जना यलुङ री बेस क्याम्प पुगेको थियो । हिमाल आरोहणको अनुमति लिने तर स्थानीय प्रशासनमा समेत त्यसको विवरण नहुने भएकाले आरोहीहरुको पहिचान र विस्तृत विवरण खुल्न कठिन भएको हो । ...
एकता अनुमोदन गर्न आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

एकता अनुमोदन गर्न आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

Breaking news, Breaking News 2, ट्रेन्डिङ, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागिएको एकता अनुमोदनका लागि दिउँसो १ बजे बैठक बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलबीच पार्टी एकताका लागि आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्। त्यस्तै नेकपाका महासचिव चिरन पुन, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा (माओवादी समाजवादी) कर्णजित बुढाथोकी र ने।क।पा। (साम्यवादी)का अध्यक्ष प्रेमबहादुर सिंहले पनि एकताको सहमतिमा हस्ताक्षर गरेका छन्। उनीहरूले चुनाव चिह्न पाँच कुने तारा तोकेका छन...
जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

Breaking news, Breaking News 2, ट्रेन्डिङ, समाचार
सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । ‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने ।   गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार, राजपत्रमा शहीदहरूको नाम प्रकाशित गरिने जानकारी दिए ।...
निःशुल्क कानुन पढ्न पाउनुपर्ने माग राखेर सिंहदरबार धाइरहेकी ७० वर्षीया शान्ति चौधरी

निःशुल्क कानुन पढ्न पाउनुपर्ने माग राखेर सिंहदरबार धाइरहेकी ७० वर्षीया शान्ति चौधरी

Breaking news, Breaking News 2, ट्रेन्डिङ, समाचार
७० वर्षीया शान्ति चौधरी सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेट्न सिंहदरबार पुगिन् । उनी निजी काम लिएर पुनलाई भेट्न सिंहदरबार गएकी थिइनन् । ज्येष्ठ नागरिकले निःशुल्क कानुन संकायमा पढ्न पाउनुपर्ने माग बोकेर उनी मन्त्री पुनलाई भेट्न पुगेकी थिइन् ।   चौधरीले निःशुल्क पढाउन निवेदनसमेत दिइन् । ‘संविधानले ज्येष्ठ नागरिकलाई संरक्षण गर्ने भनेको छ । संविधानअनुसार सेवा(सुविधा नपाएपछि निवेदन दिन मन्त्रालय गएको हुँ,’ उनले भनिन्, ‘ज्येष्ठ नागरिकलाई राज्यले सेवा सुविधा र आरक्षण पाउनुपर्‍यो नि ।’ संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ । ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ,’ उक्त धारामा भनिएको छ । तर राज्यले संविधानमा भएबमोजिम ज्येष्ठ नागरिकलाई संरक्षण नगरेको गुनासो चौधरीको छ । ‘जेष्ठ नागरिक भएर पनि अहिलेसम्म सुविधाहर...
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Breaking news, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू-भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज